ड्याट्सनको प्रि–बजेट अफर



काठमाडौं (नेस)
नेपालमा ड्याट्सन गाडीको आधिकारिक बिक्रेता पायोनियर मोटो कर्प प्रालिले आगामी आर्थिक वर्षको बजेट घोषणा हुनु अगावै ग्राहकलाई मूल्य वृद्धिको भार नपरोस् भनी सुविधा प्रदान गर्न प्रिबजेट अफर प्रस्तुत गरेको छ ।

नेपालभर लागू गरिएको प्रि बजेट अफर योजनामा ग्राहकले विभिन्न ८ आकर्षक सुविधा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

प्रि बजेट अफर योजनाअन्तर्गत ग्राहकले ड्याट्सन गाडीको खरिदमा विशेष छुटलगायत अन्य सुविधा प्राप्त गर्न सक्नुहुने छन् । ती आठ सुविधाहरुमा निःशुल्क एक्सोसरिज, तत्काल फाइनान्सको सुविधा, तत्काल पुरानो गाडीको मूल्यांकन तथा एक्स्चेन्ज, हरेक टेस्ट ड्राइभमा निःशुल्क उपहार, नगद छुट, एक वर्षसम्मको निःशुल्क सवारी कर, ३ वर्षसम्मको वारेन्टी, ३ वर्षसम्म निःशुल्क सर्भिसिङको सुविधा रहेका छन् ।

रेडी गो, नया“ गो, गो र गो प्लस गाडीमा आकर्षक भित्री डिजाइन, उत्कृष्ट लुक्स, नया“ प्रविधि, तथा कम मूल्य आदि यी गाडीका विशेषता रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्