सिद्धार्थ बैंकको शाखा सूर्यविनायकमा



काठमाडौं, (नेस)
सिद्धार्थ बैंकले आइतबार भक्तपुरको सूर्यविनायकमा नया“ शाखा सञ्चालनमा ल्याएको छ ।

बैंकले उक्त क्षेत्रका सर्वसाधारण तथा उद्यमीेमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानीलगायत सम्पूर्ण बैंकिङ सेवा पु¥याउने उद्देश्यले उक्त शाखा सञ्चालनमा ल्याएको हो ।

बैंकिङ प्रणालीलाई थप प्रविधिमैत्री बनाउन सिद्धार्थ बैंकले इन्टरनेटको माध्यमबाट आफ्नो रोजाइको बचत खाता खोल्न सकिने सुविधा, अत्याधुनिक प्रविधियुक्त इन्टरनेट तथा मोबाइल बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

सबैक्षेत्र र वर्गसम्म बैंकिङ सेवाको पह“ुच पु¥याउने उद्देश्यले हालै सञ्चालनमा आएको शाखासहित बैंकले देशभर १५४ वटा शाखा (४ एक्स्टेन्सन् काउन्टर सहित), १०० शाखारहित बैंकिङ सेवा, १६६ एटीएम र १३ सयभन्दा बढी पीओएस मेसिनमार्फत बंैैकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्