नेपाल इन्भेष्टमेन्ट बैंकको एक्सटेन्सन काउन्टर विस्तार



काठमाडौं, (नेस)
नेपाल इन्भेष्टमेन्ट बैंकले काठमाडौंको बूढानिलकण्ठ नगरपालिकामा आफ्नो १४औं एक्सटेन्सन काउन्टर विस्तार गरेको छ । बूढानिलकण्ठ नगरपालिका वडा नं. ५ स्थित बूढानिलकण्ठ स्कूलको ठीक बाहिर, पूर्वपट्टि खोलिएको यस काउन्टरले विद्यार्र्थी एवम् शिक्षकलगायत स्थानीय जनतालाई सहज वित्तिय सुविधा प्रदान गर्नेछ ।

यस काउन्टरको उद्घाटन समारोहमा बंैकका कार्यकारी अधिकृत ज्योति प्रकाश पाण्डे, बूढानिलकण्ठ स्कूलका प्राध्यापक होमनाथ आचार्य, सो वडाका सदस्यलगायत बैंकका कर्मचारी तथा स्थानीय महानुभावहरुको सहभागिता रहेको थियो ।

बैंकले वित्तिय साक्षरता अभिवृद्धिका लागि ग्रामीण क्षेत्रमा शाखा विस्तार गर्दै आएको छ । सो काउन्टरअन्र्तगत उपत्यकाको बढ्दो क्षेत्रमा बैंकिङ सहजता पु¥याउने छ तथा प्रख्यात धार्मिक स्थल बूढानिलकण्ठ मन्दिर दर्शन गर्न आउने भक्तजनलाई पनि यस काउन्टरबाट सहज पहु“च मिल्ने आशा गरिएको छ ।
नेपाल इन्भेष्टमेन्ट बैंकले खा“दबारीस्थित शाखालाई सोही ठाउ“को खा“दबारी– १, प्रगतिटोल, संखुवासभामा स्थान्तरण गरेको छ ।

हाल बैंकले काठमाडौं उपत्यकाभित्र २४ तथा उपत्यका बाहिर ५६ वटा शाखा सञ्चालनमा ल्याएको छ । सात वटै प्रदेशका विभिन्न स्थानमा खोलिएका शाखा, एक सय ११२ वटा एटीएम तथा १४ वटा एक्सटेन्सन काउन्टर, १० वटा राजस्व संकलन केन्द्र, ५१ वटा शाखारहित बैंकिङ सेवामार्फत बैंकले बैंकिङ सेवा प्रदान गर्दै आएको छ ।

प्रतिक्रिया दिनुहोस्