मातृत्वभन्दा नशा बलियो !



काठमाडौँ, (नेस)
राजधानीलाई कार्यक्षेत्र बनाएर लागूऔषधको व्यापार गर्दै आएकी एक महिलाले आफ्ना दुई छोरालाई समेत कुलतमा फसाएर जीवन नै बर्वाद बनाएको रहस्य खुलेको छ ।

पकनाजोल डेरा गरी बस्दै आएकी सावित्री श्रेष्ठलाई पक्राउ गर्न लामो समयदेखि खटिएको प्रहरी टोलीले उनलाई नियन्त्रित लागूऔषध डाइजोपाम, बुप्रेनोर्फिन, नुफिन र फेरागनसहित पक्राउ गरेको थियो । थप सोधपुछका क्रममा उनले लागू औषधको व्ब्यापारसँगै छोराहरुलाई समेत कुलतमा फसाएको बताएपछि प्रहरीसमेत रनभुल्लमा परेको छ ।

लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरीले उनको कोठामा छापा मार्दा झन्डै ३ हजार थान नियन्त्रित लागूऔषध फेला पारेको थियो ।

भारतीय सीमा बजारबाट खरिद गरेर विभिन्न माध्यमको प्रयोग गरी श्रेष्ठले लागूऔषध नेपाल भित्र्याउने र मुख्य शहरहरुमा बिक्रीवितरण गर्ने गरेको पाइएको प्रहरीले जानकारी दिएको छ ।

उनले लागूऔषधको कारोबारलाई व्यापक बनाउन छोराहरुलाई नै दुव्र्यसनमा फसाएर बिक्रीवितरण गर्न लाउने गरेको बयान प्रहरीमा दिएकी छन् ।

प्रतिक्रिया दिनुहोस्