पहिलो एचआईभी संक्रमित सगरमाथा आरोही बने पोखराका गोपाल श्रेष्ठ



पोखरा ।
पहिलो एचआईभी संक्रमित सगरमाथा आरोही पोखरा ७ का गोपाल श्रेष्ठ बनेका छन् । उनले ड्रिमर्स ट्रेक्स एन्ड एक्सपिडिसन प्रालिका फुर्वा तेञ्जिङ शेर्पाको नेतृत्वमा आज बिहानको ८ बजेर ३० मिनेट जाँदा चुचुरोमा पाइला राखेका हुन् ।

श्रेष्ठ काठमाडौंदेखि ६ जना टोलीसँग चैत अन्तिम साता लुक्ला, नाम्चे सगरमाथा आधारशिविर हुँदै सगरमाथा उक्लेका थिए । यसअघि २०१५ मा पनि उनले सगरमाथा आरोहणको कोशिस गरेका थिए । तर त्यतिबेला भूकम्प गएका कारण बेसक्याम्पबाटै फर्किएका थिए । सगरमाथा आरोहणको दोस्रो प्रयासमा उनी सफल भएका हुन् ।

श्रेष्ठ पहिले लागुपदार्थ औषध दुर्व्यसनी थिए । लागुऔषधको रमझमकै बेला उनमा एचआईभी संक्रमण देखिएको थियो । उनले संक्रमित भएको २५ औं वर्षमा सगरमाथा शिखर चुमेका हुन् ।

प्रतिक्रिया दिनुहोस्