सुन सफा गराईदिने भन्दै सुन गालेर लैजाने ४ भारतीय समातिए



नेपाल समाचारपत्र, भद्रपुर ।
गाउँ गाउँमा गएर सुन सफा गराउँदै हिड्ने चारजना भारतीय नागरिकलाई प्रहरीले सुन सफा गर्ने सामग्री सहित पक्राउ गरेको छ । ६ महिना अघि भद्रपुर ५ जुनु मेचेको सुनको सिक्री सफा गर्दै ७ आना सुन गालेर लगेको उनीहरुमाथि आरोप लागेको थियो ।

सोही समूह वुधबार विहान भारतबाट मेची नदीहुदै नेपाल आउदै गरेको अवस्थामा स्थानीयले चिनेपछि प्रहरीको जिम्मा लगाएका थिए ।

पक्राउ पर्नेमा भारत भागलपुरका ४५ वर्षिय हरिस शाह, ३८ का सकेट शाह, कटिहार विहारका ३९ वर्षिय धर्मेन्द्र शाह, र ३७ का हिरालाल शाह रहेको वडा प्रहरी कार्यालय भद्रपुरका इन्सपेक्टर यमकुमार श्रेष्ठले जानकारी दिनुभयो ।

पक्राउ परेपश्चात पीडितलाइ खबर गरि सुन बराबरको रकम तिराएर साँझमा छाडिएको इन्सपेक्टर श्रेष्ठले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्