काफल बेचेरै मनग्य कमाई



अनिल खत्री, गुल्मी ।

केहि दिनदेखि बजारका बिभिन्न चोक चोकमा मान्छेहरु कोखिलामा झुण्डाइएको डालोमा काफल बेच्नेहरुको देखिन्छन् । काफल जंगलबाट टिपेर बिक्री गर्न बजारमा बेच्नेहरुलाई दैनिक जसो भ्याइन नभ्याई छ । राम्रो आम्दानी बेच्नको निम्ति कुनै समस्या नपर्ने भएपछि अहिले धेरैले काफल बेच्न बजारमा आउने गरेको पाइन्छ ।

यतिबेला तम्घास बजारका बिभिन्न चोक तथा बजारमा काफल बेच्नेहरुको दिनहुँ एउटा जमात देखिन्छ । काफल बेच्नेहरु दैनिक ३ हजार देखि वढि कमाउने गरेको भेटिन्छन् । रेसुङ्गा नगरपालिका वडा नम्बर ६ बाट तम्घासमा काफल बेच्न ल्याएकी माया नेपालीले दिनमा ३ हजार भन्दा वढिको काफल बेचेको बताउनु भयो ।

उहाँले दैनिक ८ पाथी भन्दा वढि काफल ल्याएर बेच्ने गरेकी नेपालीले आफनो घर छेउमा र जंगलबाट काफल टिपेर ल्याउने गरेको बताउनु भयो । बजारमा ल्याएपछि काफल बेच्न धेरै बेर कुर्न नपर्ने नेपालीले बताउनु भयो ।

उहाँमात्रै होइन तम्घास बजारमा धेरै भेटिन्छन् काफल बेच्नेहरु । स–साना स्कुल पढने देखि बृद्धहरु पनि काफल बेच्न सदरमुकाम आएको देख्न सकिन्छ । सामान्य चिया गिलासको ५० रुपौयाँ देखि यसको बिक्री गरेको पाइन्छ ।

यो फल अरु फल जस्तो कुनै दररेट नभएकाले बेच्नेहरुमा पनि भर पर्दछ । काफल बेच्न ल्याउनेहरु यति बेला सामान्य पनि १ हजार देखि ३, ४ हजारसम्म कमाउने भेटिन्छन् ।

कहि किन्न नपर्ने सजिलै जंगलमा पाइने यो फल खानको निम्ति निकै स्वादिलो मानिन्छ । फलफुल मध्येकै मिठो स्वादिलो फल मध्ये काफल पर्दछ । यसको बिशेषगरि व्यवसायिक रुपमा कसैले खेती गरेको पाइदैन् ।

जंगलमा आफै उम्रेका बोट काफल फल्ने गर्दछन् । काफल उच्च पहाडी तथा हिमाली चिसियान भएको ठाउँमा फल्ने फल हो । यो फल फागुनबाट जेठको दोस्रो साता सम्म पाउन सकिन्छ ।

तल्लो केहि मध्य गर्मी हुने स्थानमा हुने गरेतापनि खासगरि यो फल उच्च हिमाली र पहाडी चियान हुने जंगलमा प्रयाप्त मात्रामा पाइन्छ । कतिपयको घर छेउमा एकाद मात्रामा यो पलका बोटहरु भएतापनि खासगरि जंगलमा पाइन्छ ।

जेठ महिनाको गर्मी समयसँगै यतिबेला उच्च पहाडी भेगमा काफलको सिजन मध्य भागमा पुगेको छ । गाउँघरमा यतिबेला जंगलमा काफल टिप्नको निम्ति दिनहुँ जंगल पुग्ने गर्दछन् ।

ति काफल यतिबेला शहरबजार बेच्नेहरुको लर्को चल्छ । अरु फलपुल जस्तै यो पनि एउटा महत्वपूर्ण फलफुल हो । यो फलसँगै यसका पनि बिशेषहरु धेरै छन् । यो फलको बोटको बोक्राबाट बिभिन्न औषधीहरुको प्रयोग पाइन्छ ।

काफल फलाई यतिबेला चराले पनि गाउँघरका छेउमा आएर काफल पाक्यो भन्ने गरेको सुनिन्छ । जब जंगलमा काफल पाकेर रातै हुन्छ तब चराले पनि काफल पाक्यो भन्दै हिडेको आवाज निकालेको हामीले दैनिक सुन्ने गरिन्छ ।

काफल पाक्यो चराले भन्दै गर्दा रमाइलो पनि गर्ने गरेको पाइन्थ्यो । सानो छदा चराले काफल पाक्यो मात्रै होइन कहाँ पाक्यो, कति टिपिस, मलाई खैतो भन्दा चराले उत्तर दिन्छ भनेर रमाउने गरेको एउटा रमाइलो छेड पनि यससँग जोडिएको पाइन्छ ।

चराले निरन्तर काफल पाक्यो भन्ने गरेतापनि हामीले काफल पाक्यो भन्दा कहाँ पाक्यो चराले ओखल ढुगां, कति टिपिस भन्दा मान पाथी र मलाई खैतो भन्दा इत्ती लातो जस्ता चरासँग खेलेको पाइन्छ ।

काफल चराले मात्रै होइन कलाकारले पनि दर्जनौ गीत बनाएका छन् । चलचित्र, देखिलोक गीत सम्मका गीतहरु काफलकै नाम जोडेर बनाएको पाइन्छ । ‘बनको काफल बनकै चरीलाई’, ‘कापल पोकेको’, ‘काफल गेडी कुटुकै’ लगायत धेरै गीतहरु काफलसँग सम्बन्धीत छन् ।
उच्च पहाडी तथा हिमाली क्षेत्रहरुमा यो फल पाएता पनि गुल्मी जिल्लामा पनि धेरै ठाउँमा पाइन्छ । बिशेषगरि तल्लो गर्मी हुने स्थानमा केहि मात्रामा भएतापनि उच्च भागहरु रेसुङ्गा,अर्जुन,धुर्कोट, मदाने, लगायत उच्च भागमा प्रयाप्त मात्रामा काफल पाइन्छ ।

गुल्मी जिल्लामा पनि धेरै ठाउँमा काफलका जंगहरु रहेका छन् । काफल बेच्नेहरुको लागि बोटमा चढेर टिप्नको निम्ति समय लाग्ने गरेता पनि यसको निम्ति अरु मुल्य तिर्नु पर्दैन । बिक्री गर्न कुनैसमस्या नपर्ने तुरुन्तै बिक्ने भएकाले पनि यतिबेला यो फल बेच्न ल्याउनेहरु धरै भेटिन्छन् ।

प्रतिक्रिया दिनुहोस्