साढे सात करोडमा जलबिद्युत आयोजना



विनोद सिंह विष्ट, बैतडी ।
दुई बर्ष भित्र गाउँपालिका सवै वडा विद्युत सेवा पुर्याइने उद्देश्यले बैतडीको सिगास गाउँपालिकामा ३ वटा लघुजलविद्युत आयोजना निर्माण भइहरहेका छन् । एकैबर्ष ३ वटा लघु जलबिद्युत आयोजना निर्माण गरिरहेकोे गाँउपालिकाले आयोजनाहरुको काम तिब्र गतिमा अगाडी बढाएको छ । २२–२२ किलोवाट क्षमताका एगेगाड, थलालीगाड र दोगाड लघु जलबिद्युत आयोजनाको काम ५० प्रतिशत बढी सम्पन्न भैसकेको गाँउपालिका अध्यक्ष हरिसिंह धामीले जानकारी दिनुभयो ।

वडा न. ६ मा रहेको थलालिगाड लघुजलबिद्युत आयोजना आउँदो असार महिना भित्रै सम्पन्न हुने उहाँले बताउनुभयो । गतबर्ष देखि गाँउपालिकाको साडेसात करोड लगानिमा सुरु भएका तिनओटै आयोजनाको नहर निर्माण, खम्बा गाड्ने तथा तार तान्न्ने काम अन्तीम चरणमा पुगेको छ । यी तिनओटै आयोजना सम्पन्न भएपछि वडा न. ६ का २सय ५० घरधुरि तथा वडा न. ९का १सय घरधुरिमा बिद्युतसेवा सुचारु हुने छ ।

यसका साथै वडा १देखि ५ सम्म भने केन्द्रीय प्रशारण लाईन बिस्तार भैरहेको छ । त्यसपछि वडा न. ७र ८ मात्रै बाकिँ रहने र त्यसका लागीपनि वडा न. ७ मा फिनल्याण्ड सरकार र युरोपियन युनियनको सहयोगमा ८० किलोवाट क्षमताको लघुजलबिद्युत आयोजना निर्माण गरिने भएको छ । उक्त आयोजना निर्माणका लागी डिपिआर तयार भैसकेको र आगामी आर्थिक बर्ष ०७६/०७७मा काम सुरु हुनेछ । यसरी दुईबर्ष भित्र सिगास गाँउपालिकाका सबै वडाहरुमा बिद्युत बिस्तार हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्