आयसर  ट्रयाक्टरप्रति  किसानहरु  आकर्षित 



सुभेन्द्र दास, लहान। आयसर ट्रयाक्टरले तीन दिने मेघा फ्रि क्याम्प सँचालनमा ल्याएको छ । विना एग्रो इन्टरप्राइजेज नेपाल अन्तरगत रामजानकी र निरज इन्टरप्राइजेज सगरमाथा अँचलका डिलरले सँचालन गरिएको सो क्याम्प ५ गते बन्दीपुर, लहान ६ गते र सप्तरीको शम्भुनाथमा जेठ ७ गतेसम्म चल्ने लहानका डिलर सँचालक विरेन्द्र महतोले बताए ।

तीन दिनसम्म सँचालन गरिएको क्याम्पमा ७० ट्रयाक्टरको फ्रि सर्भिस गरिने लक्ष्य लिएको छ । जसमा बन्दीपुर १५ , लहान ३० र शम्भुनाथ २५ रहेको छ । सँचालन गरिएको फ्रि क्याम्पमा डिजल फिल्टर, मोविल फिल्टर, भेष्ट र क्लेन्डर फ्रि गरिएको छ ।

सर्भिस चार्ज समेत फ्रि गरिएको यस क्याम्पमा सहुलियत दरमा ट्रयाक्टरको स्पर्यस् पार्टस् खरिद गर्ने योजना ल्याएको नेपालका लागि मार्केटिँग गर्ने मानन्धर यादवले बताए ।

यादवले नेपालको कुनै पनि कुन्नामा स्पर्यस् पार्ट सकिएमा २४ घण्टाभित्र सानोदेखि इन्जिनसम्म उपलब्ध गराउँने व्यवस्था गरिएको दावी गरे ।

आयसरका ग्राहक लहान २२ का दिपेन्द्र कामतले भने ‘आयर ट्रयाक्टर राम्रो छ । आयसरको विक्री यस क्षेत्रमा बढ्दो छ । आयसरका डिलरले आफ्ना ग्राहकलाई घरमै गएर सर्भिस गरिदिने गरेकोले किसानहरुमा यस ट्रयाक्टरको माग बढ्दो छ ।

फ्रि क्याम्पसँगै लहानमा आज ग्राहकहरुबीच डिलरले अन्तरक्रिया कार्यक्रम समेत गरेका छन् । सो कार्यक्रमका समापन लहान डिलरका माधे महतोले गरेका छन् ।

आयसर ट्रयाक्टरको विशेषता

यस ट्रयाक्टरले कम डिजेल खपत गर्ने गरेको छ । रिसेल भ्यालु कम भएको । आकर्षक मोडलमा उपलब्ध रहेको छ । एयर कुल र वाटर कुल यस ट्रयाक्टरमा मात्रै रहेको छ । रोटाभेटरको लागि हाइड्रोमेटिक सिस्टम भएको । २५ देखि ८६ एचपीसम्म उक्त ट्रयाक्टर बजारमा उपलब्ध रहेको छ भने कम खर्चमा मर्मत गर्न सकिने आयसरप्रति किसानहरु लभान्वित छन् ।

 

 

 

 

 

 

प्रतिक्रिया दिनुहोस्