सुन चाँदी पसलको सटर फोड्दै गरेको अवस्थामा ७ जना पक्राउ



काठमाडौं, कागेश्‍वरी मनोहरा नगरपालिका-६ मुलपानीस्थित गौतम कुमार बिकको सुनचाँदी पसलको सटरको ताल्चा फोड्दै गरेको अवस्थामा भारत मोतीहारी घोडा सहनी घर भई हाल सोही स्थानमा सिरक डसना बनाई बस्ने १९ वर्षीय लड्डु कुमार सहित ७ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ ।

महानगरीय प्रहरी विट मुलपानीबाट खटिएको प्रहरीले उनीहरुलाई ताल्चा फोड्दै गरेको अवस्थामा फेला पारी पक्राउ गरेको हो । उनीहरुको साथबाट सुन जस्तो देखिने पहेँलो धातु अन्दजी २२ लाल, चाँदी जस्तो देखिने सेतो धातु २ केजी, सटर काट्न प्रयोग गर्ने सलाई रेन्च २ थान तथा करिब १ लाख ४९ हजार रुपैयाँ बराबरको चोरी गरेको धनमाल समेत प्रहरीले बरामद गरेको छ ।

पक्राउ परेका व्यक्तिहरुलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि महानगरीय प्रहरी वृत्त बौद्ध लगिएको छ ।

प्रतिक्रिया दिनुहोस्