नवलपरासीमा असिना पानीसहति हावाहुरी, ३ सय बढि घरमा क्षति



नवलपरासी । पूर्वीनवलपरासीमा गएराति असिना पानीसहित आएको हावाहुरीले ३ सय भन्दा बढि घरमा क्षति पुर्याएको छ । यद्यपि, मानवीय क्षति भने भएको छैन ।

हावाहुरीका कारण देवचुली नगरपालिकामा धेरै असर परेको जनप्रतिनिधिले जनाएका छन् । त्यहाँका स्थानीय बासीन्दाका अनुसार हावाहुरीका कारण कुनै मानवीय क्षती नभएता पनि कायौं घरहरु बस्नै नमिल्ने गरी भत्किएका छन् ।
करिब तिन सय घरमा क्षति पुगे पनि हुरीले पुर्याएको क्षतिको विवरण भने आइनसकेको प्रहरीले जनाएको छ ।

हुरीले ठाउँठाउँमा बिजुलीको पोल, रुख ढलाएको छ भने विद्यत् तथा सवारी आवागमन प्रभावित भएको छ । देवचुली आधारभूत विद्यालय र भीमसेन माविलगायत केही विद्यालयको छानो पनि हावाले उडाइदिएको छ ।

प्रतिक्रिया दिनुहोस्