स्लेटरलाई विमानबाट निष्कासित गरियो



लन्डन, (एजेन्सी)
अस्टे«लियाका दिग्गज पूर्व क्रिकेटर माइलक स्लेटरले दुई महिलासँग दुव्र्यवहार गर्दा उनलाई विमानबाट बाहिर निकालिएको छ। स्लेटरले कान्टस् विमानबाट न्युसाउथ वेल्सका वग्गा वग्गा स्थित आफनो घर जाने तरखरमा थियो। उनले यस्तो दुव्र्यवहार गरेपछि उडान ३० मिनेटको लागि ढिलो भएको थियो।

मिडियाको अनुसार सिडनीबाट उडान हुँदा विमानमा स्लेटरको दुई महिलासँग बहस भएको थियो। यसपछि उनी बाथरुममा गएर भित्रबाट ढोका लक गरेका थिए। उनी बाथरुमबाट बाहिर आइरहेका थिएनन। उनलाई सुरक्षा गार्डको मद्दत लिएर बाहिर निकालिएको थियो।

स्लेटरले यस घटना पछि आफ्नो व्यवहारबाट लज्जित भएको बताए। उनले माफी पनि माँगेका थिए। स्लेटरले खेलाडी करियरबाट संन्यास लिएपछि क्रिकेट कमेन्टेटरमा करियर शुरु गरेका छन्। उनी विश्वकपका लागि पनि कमेन्टेटर्स प्यानेलमा छन्।

प्रतिक्रिया दिनुहोस्