पीएम कप कन्चनपुरमा हुने



काठमाडौं, (नेस)
प्राईम मिनिस्टर ९पीएम० कप महिला क्रिकेटको चौथो संस्करण आगामी जेठ २८ गतेदेखि कञ्चनपुरमा हुने भएको छ।
राष्ट्रिय खेलकुद परिषद् ९राखेप० को आयोजना तथा महाकाली स्पोर्ट्स सोसाइटीको व्यवस्थापनमा प्रतियोगिता हुन लागेको हो। प्रतियोगितामा सात प्रदेश र एक विभागीय टोली गरी कूल ८ टोलीको सहभागिता हुनेछ।
विभागीय टोलीमा एपीएफले खेल्नेछ। प्रतियोगिताको विजेताले नगद ५ लाख र उपविजेताले नगद ३ लाख प्राप्त गर्ने राष्ट्रिय खेलकूद परिषद्का सदस्य सचिव विष्टले बताए। प्रतियोगिताको कूल बजेट ८८ लाख रहेको छ। जसमा ३५ लाख राखेपले दिने र बाँकी रकम आयोजकले प्रायोजनबापत खोज्नुपर्ने विष्टले बताए।

प्रतिक्रिया दिनुहोस्