कुलमानलाई ९ अर्बको “बात” प्रमाणित भए झुण्डिएर मर्न तयार छु: घिसिङ



नेपाल समाचारपत्र, काठमाडौं
कुलमान घिसिङ
कार्यकारी निर्देशक, नेपाल विद्युत प्राधिकरण

अमनलान मोदी
सांसद

पाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई ९ अर्ब रुपियाँ भ्रष्टाचार गरेको आरोप लागेको छ। संघीय संसदको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा नेकपाका सांसद अमनलाल मोदीले सो आरोप लगाउनुभएको हो।

लेखा समितिले औद्योगिक तथा व्यापारिक ग्राहकसँग देखिएको डेडिकेटेट र ट्रंक लाइन महुशलका विषयमा देखिएको विवादका बारेमा छलफल गर्न ऊर्जासचिव दिनेशकुमार घिमिरे, घिसिङलगायतलाई मंगलबार बैठक बोलाएको थियो। उक्त बैठकमा आफ्नो धारणा राख्ने क्रममा संसद मोदीले घिसिङमाथि लोडसेडिङ अन्त्य गरेको घुम्टो ओडेर भ्रष्टाचार गरिरहेको आरोप लगाउनुभएको थियो।

बैठकमा बोल्दै सांसद मोदीले २५ मेगावाटको सोलार प्लान्ट र कोसी करिडोर प्रसारण लाइनको ठेकेदार छनोटमा भ्रष्टाचार गरिएको छ, आफ्ना विद्युत् गृहबाट विद्युत् उत्पादन नगरी कमिसन खाँदै भारतबाट बढी विद्युत् आयात गरेको, दम्भ बढ्दै गएको, प्रधानमन्त्रीले पनि गर्न नसक्ने त्रिशूली ३ बी हब सबस्टेसन अवरोध गर्ने स्थानीयलाई थुन्छु भनेर थर्काउने तथा डेडिकेटेट र ट्रंक लाइन महुशल बक्यौता उठाउने विषयमा ९ अर्ब रुपियाँभन्दा बढी भ्रष्टाचार भएको, प्राधिकरणमा नीतिगत भ्रष्टाचार देखिएको आरोप लगाउनुभयो।

संसद मोदी घिसिङविरुद्ध उत्रिएपछि घिसिङले प्रतिवाद गर्दै आपूmले भ्रष्टाचार गरेको प्रमाणित गर्न चुनौती दिनुभएको छ। उहाँले भन्नुभयो–‘भ्रष्टाचार गरेको प्रमाणित भए भुण्डिएर मर्न तयार छु, सांसद हुँदैमा जथाभावी आरोप लगाउन पाइँदैन।’ घिसिङले अगाडि भन्नुभयो‘तपाईले आफ्नो निर्वाचन क्षेत्रमा करिब ६ महिनादेखि ३ किलोमिटर तार तान्न दिनु भएको छैन, यसले गर्दा मोरङको कटहरीमा निर्माण सम्पन्न भएको सबस्टेसन चार्ज गर्न सकेका छैनौं, एकातर्फ जनप्रतिनिधि भएर आफैं विकासका काम रोक्ने अर्कोतर्फ इमान्दारीका साथ रातदिन नभनी मुलकको लागि काम गरिरहेको व्यक्तिलाई भ्रष्टचार ग¥यो भन्दै जथाभावी बोल्ने रु’

कुलमानविरुद्ध आक्रोशित भएका मोदीले लोडसेडिङ अन्त्य गरेको जस लिँंदै संस्थाभित्र भ्रष्टाचार गरेको र घिसिङमा दम्भ रहेको आरोप लगाउनुभयो। उहाँले प्रहरीको एसपीले शुरूमा नाका कडाइ गर्ने र पछि बार्गेनिङ गरेर रकम असुल्ने गरेको उदाहरण दिँदै घिसिङको शैली पनि त्यस्तै रहेको बताउनुभयो।

नेपाल विद्युत प्राधिकरणले मोरङको कटहरी क्षेत्रको विद्युत् आपूर्तिलाई व्यवस्थित गर्न दुई महिना अघि कटहरी सबस्टेसन निर्माण गपूरा गरेको छ।सुनसरीको दुहवी सबस्टेसनबाट लगिएको ३३ केभी प्रसारण लाइन निर्माणमा मोरङको ग्रामथाम गाउँपालिकाको गिदनियामा स्थानीयले अवरोध गर्दा दुहवीबाट विद्युत् लागेर सबस्टेसन सञ्चालन ९चार्ज० गर्न नसकिएको प्राधिकरणका विराटनगर शाखा प्रमुख राजीव सिंहको भनाइ छ। सिंहका अनुसार कटहरी औद्योगिक क्षेत्र पनि हो, अहिले त्यहाँ विद्युत् आपूर्ति भइरहेको टंकीसिनुवारी सबस्टेसन थप लोड थान्न सक्ने अवस्थामा छैन, कटहरी सबस्टेसन तत्काल चार्ज नभए विराटनगरमा फोर्स लोडसेडिङ गर्नुपर्ने अवस्था छ। ग्रामथाम नेकपाका अमनलान मोदीको निर्वाचन क्षेत्रमा पर्छ। मोदीले स्थानीयको मागलाई साथ दिंँदै प्रसारण लाइनको तार तान्न दिएका छैनन्। प्रसारण लाइन निर्माण नसकिंदा कटहरी सवस्टेसन निर्माण सकिएर पनि प्राधिकरणले सञ्चालनमा ल्याउन सकेको छैन। प्राधिकरणले बस्ती छल्दै सडकै सडक प्रसारण लाइन लैजाने गरी रुट तय गरेको छ।

सबस्टेसन सञ्चालनमा आएपछि गुणस्तरीय विद्युत र भोल्टेज सुधार हुने भएकाले त्यस क्षेत्रका उद्योगी व्यवसायीले पनि समस्या समाधानका लागि पहल गरिरहेका छन्। तर, मोदीकै कारण उनीहरुको प्रयास सफल भएको छैन। समस्या समाधानका लागि जिल्ला प्रशासन कार्यालय मोरङले पटक–पटक प्रयास गरिरहेको भए पनि सफल भएको छैन।

प्रतिक्रिया दिनुहोस्