अर्थतन्त्रको गति बढाउन सुझाव



काठमाडौं, (नेस)
राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा पुष्पराज कँडेलले सरकारको खर्च गर्ने क्षमताको विकास हुनु जरुरी रहेको उल्लेख निजी क्षेत्रसँग सहकार्य गरेरै अघि बढ्ने सरकारी योजना रहेको बताउनुभएको छ। राजधानीमा आयोजित पूर्वबजेट सम्बन्धी कार्यक्रममा बोल्दै उहाँले यसपटकको बजेट सर्वस्वीकार्य समेत बताउनुभयो।

कार्यक्रममा पूर्वअर्थमन्त्री शंकर कोइरालाले विशेष आर्थिक क्षेत्र र लगानीसम्बन्धीको ऐन ल्याएर सरकारले लगानीमैत्री वातावरण निर्माण गरेको बताउनुभयो हो।
अब विदेशी लगानी भित्र्याउन दुविधा रहेको उल्लेख गर्दै उहाँले सरकाराले गति बढाउनुपर्नेमा जोड दिनुभयो।

अर्थशास्त्री डा। रमेश पौडेलले नेपालको प्रतिस्पर्धी क्षमता वृद्धि गर्नुपर्नेमा जोड दिनुभयो।उहाँले विदेशी लगानी आउँदा पुँजीमात्रै नभई ज्ञान सीपसमेत भित्रिने भएकाले वैदेशिक लगानीको महत्व रहेको बताउनुभयो।

राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका सचिव डा। वैकुण्ठ अर्यालले निजी क्षेत्रको सहकार्य विकासका लागि अपरिहार्य रहेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्