श्रम ऐन र सामाजिक सुरक्षा योजनापछि लगानीको वातावरण



काठमाडौं, (नेस)
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणासँग नेपाल भ्रमणमा रहनु भएकी अन्तराष्ट्रिय श्रम संगठन –आईएलओ० का सहायक महानिर्देशक एवम् एसिया प्रशान्त क्षेत्रीय निर्देशक तोमोको निसिमोतोबीच भेटवार्ता भएको छ।

उक्त अवसरमा महासंघका अध्यक्ष राणाले क्षेत्रीय निर्देशक निसिमोतोको स्वागत गर्नुहुँदै श्रम सम्बन्धमा आएको सुधारले नेपालमा लगानीको वातावरण बनेको जानकारी गराउनुभयो।
नयांँ श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजना कार्यान्वयनको पहल भइरहेको उल्लेख गर्दै अध्यक्ष राणाले महासंघले श्रम क्षेत्रको सुधारका साथै मुलुकको आर्थिक विकास र रोजगारी सिर्जना गर्न सरकार र ट्रेड युनियनसँगको सहकार्य र संवादलाई महŒव दिई काम गरिरहेको बताउनुहँुदै आईएलओमार्फत थप कार्यक्रमका साथै सहयोगको आग्रह गर्नुभयो।

उक्त भेटवार्ताका अवसरमा महासंघको रोजगारदाता परिषदका सभापति एवम् उपाध्यक्ष चन्द्रप्रसाद ढकालले रोजगारदाता परिषद्ले आईएलओको सहयोगमा श्रम ऐन र योगदानमा आधारित सामाजिक सुरक्षा योजनाबारे जानकारी दिँदै सातवटै प्रदेशमा कार्यक्रम सञ्चालन गरिरहेको र प्रदेशमा श्रमसम्बन्धी थप कार्यक्रम गर्न प्रदेश कार्यालयको क्षमता विकास आवश्यक भएकोले यसतर्फ आईएलओको सहयोग महत्वपूर्ण हुने बताउनुभयो।

सो अवसरमा सहायक महानिर्देशक निसिमोतोले नेपालको श्रम सम्बन्धको स्थिति र आर्थिक एवम् सामाजिक विकासतर्फ भइरहेका प्रयासबारे जिज्ञासा राख्नहुँदै विश्वमा द्रुत गतिमा भएको परिवर्तनलाई आत्मसाथ गर्दै निजी क्षेत्रले आफ्नो भूमिकालाई थप प्रभावकारी बनाउनुपर्ने सुझाव दिनुभयो। साथै श्रम बजारको आवश्यकताअनुसार व्यावसायिक सीप र ज्ञान भएको जनशक्तिको उत्पादनमा जोड दिनुपर्ने उहाँको सुझाव थियो।

प्रतिक्रिया दिनुहोस्