गणतन्त्र दिवसमा कुर्सीको व्यवस्था



नेपाल समाचारपत्र
काठमाडौं
सधैं उभिएर गणतन्त्र दिवस अवलोकन गर्ने क्रममा जनतालाई बढी दुःख भएको महशुस गर्दै काठमाडौ महानगरपालिकाले दिवस अवलोकन गर्न आएका सर्वसाधारणलाई कुर्सीको व्यवस्था गर्ने भएको छ।
कामपाले त्यसका लागि एक हजार कुर्सी व्यवस्था गर्न लागेको हो। महानगरका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा बसेको मञ्च व्यवस्थापन उपसमितिले जनसाधारण बस्ने कुर्सीको व्यवस्था गर्ने, पिउने पानीको व्यवस्था गर्ने, टुँडिखेलमा ध्वजापतका राखेर सजावट गर्नेलगायत निर्णय गरेको छ।

‘विशिष्ट व्यक्तिको बोलेको सुन्ने जनसाधारणलाई घाम र पानीबाट बचावट गर्न कुर्सीमा बस्ने व्यवस्था गरेका हौं’, मञ्च व्यवस्थापन समितिका संयोजकसमेत रहनुभएका मेयर शाक्यले भन्नुभयो– ‘गणतन्त्र प्राप्त भएकोमा सबैभन्दा बढी खुसी नागरिकमा हुनुपर्छ। यो खुसी महशुस गर्ने वातावरण हामीले बनाउनुपर्छ। त्यसैले जनसाधारणलाई बस्ने कुर्सीको व्यवस्था गर्न लागेका हांै।’

बैठकले सरसफाइ गर्ने, हेलिकोप्टरबाट प्रदर्शन गरिने ब्यानर र पुष्पवृष्टि गर्न आवश्यक फूल नेपाली सेनालाई उपलब्ध गराउने, कार्यक्रम अवधिभर दमकल र एम्बुलेन्स तैनाथ गर्ने, मञ्चमा प्रयोग हुने साउन्ड सिस्टमको व्यवस्था गर्ने काम महानगरले जिम्मा लिने निर्णय गरेको छ।

त्यस्तै कार्यक्रमस्थलमा भएका भौतिक संरचनाको रंगरोगन गर्ने काम संघीय सचिवालय, निर्माण तथा व्यवस्थापन कार्यालयले गर्ने निर्णय भएको छ। दिवसमा उपत्यका सबै नगरपालिकालाई सहभागी गराउन तथा गणतन्त्रको महŒव नागरिकसम्म पु¥याउन आउँदो बैठकमा छलफल गर्ने निर्णय भएको मेयर शाक्यले बताउनुभयो।

 

प्रतिक्रिया दिनुहोस्