अझै हटाइएन प्रधानमन्त्रीले बोलेका शब्द



काठमाडौं, (नेस)
सरकारको नीति तथा कार्यक्रममाथि जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभामा बोलेका केही शब्द अझै नहटाइएको बुझिन आएको छ।
प्रतिनिधिसभाको कार्य व्यवस्था शाखाका अधिकृत राजन घिमिरेले अहिलेसम्म कुनै शब्द नहटाइएको बताउनुभयो।

‘अहिले हटाइएको छैन, रेकर्ड उतार्ने क्रममा मात्र हटाउने हो’ घिमिरेले भन्नुभयो ‘के हटाउने के नहटाउने भन्ने कुरा त्यतिबेलै थाहा हुन्छ, संसद्मा त सभामुखले निर्देशन दिनेमात्र हो।’
संघीय संसद् सचिवालयले रेकर्ड गरेको सांसदको मन्तव्यलाई पछि रेकर्ड बनाएर राख्ने परम्परा छ।

प्रधानमन्त्री ओलीले गत वैशाख २४ गते प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसप्रति लक्षित गर्दै आक्रोश, कुण्ठा र निम्छरो भन्ने शब्द प्रयोग गर्नुभएको थियो।
त्यसको विराध गर्दै कांग्रेसले ती शब्द संसद्को रेकर्डबाट हटाउनुपर्ने माग राखेको थियो।

प्रतिक्रिया दिनुहोस्