ललितपुर महानगर प्रमुख महर्जन अस्पताल भर्ना



ललितपुर ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जन अस्पताल भर्ना हुनुभएको छ । आज उहाँको पुल्चोकस्थित सुमेरु सिटी अस्पतालमा पित्तथैलीको शल्यक्रिया गरिएको छ । आइतबार अपराह्नबाट पेट दुख्ने समस्या आएपछि उहाँ अस्पताल भर्ना हुनुभएको महानगरपालिकाका प्रवक्ता राजु महर्जनले जानकारी दिनुभयो ।

सुमेरु सिटी अस्पतालका जनरल सर्जन, युरोलोजिष्ट डा रवीनबाबु बस्नेतको टोलीले उहाँको शल्यक्रिया गरेको उहाँले बताउनुभयो । शल्यक्रियामा संलग्न चिकित्सक डा बस्नेतले दिनुभएको जानकारीअनुसार उहाँको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्