औषधी कम्पनीमा आगलागी, करोडौँको क्षति



बुटवल ।
रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका १ पडसरीमा रहेको एसियन फार्मास्युटिकल औषधी कम्पनीमा सोमवार साँझ करिव ४ बजेवाट भीषण आगलागी भएको छ ।

आगो नियन्त्रणका लागि बुटवल, भैरहवा र नवलपरासीबाट डेढ घण्टापछि मात्रै दमकल पुगेका छन ।
आगो नियन्त्रणको प्रयास भईरहेपनि अहिलेसम्म नियन्त्रण हुन सकेको छैन । आलागीबाट निकै ठूलो क्षति भईसकेको र थप क्षति हुन नदिन प्रयास गरिरहेको कम्पनीका कार्यकारी अध्यक्ष हुतानन्द खनालले जानकारी दिनुभयो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी नायव उपरिक्षक धर्म भण्डारीले दुई घण्टामा आगो नियन्त्रणमा लिएको बताउनु भयो ।
अहिलेसम्म भएको क्षतिवारे यकिन नभएपनि करोडौंको औषधी जलेर नष्ट भएको कम्पनीको दावी छ ।

प्रतिक्रिया दिनुहोस्