पाँचथर हत्या काण्डः तालिम प्राप्त कुकुरसहित सिआइबीको टोलीले अनुसन्धान गर्ने



पाँचथर । पाचँथरको मिक्लाजुङ गाउँपालिका– ३, आरुबोटेमा दुई परिवारका नौ जनाको हत्या प्रकरणको अनुसन्धानका लागि तालिम प्राप्त कुकुरसहितको प्रहरी टोली परिचालन भएको छ ।

सामूहिक हत्याको छानबिन नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो (सीआईबी)० ले गर्ने भएको हो । हत्या प्रकरण रहस्यमय बनेपछि केन्द्रीय अनुसन्धान व्युरो सीआईबीका एसपी उमाप्रसाद चतुर्वेदीको नेतृत्वमा अनुसन्धान गर्न लागिएको हो । पाँचथर घटनाबारे अनुसन्धान गर्ने जिम्मा पाएका चतुर्वेदीले टोली घटनास्थल पुगेर अनुसन्धान गर्नेछन ।

घटनाको जानकारी पाएलगतै अनुसन्धानका लागि संघीय प्रहरी कार्यालय, धरानका एसएसपी शरद खत्रीको नेतृत्वमा तालिम प्राप्त कुकुरसहितको टोली खटिसकेको छ । घटना संलग्नहरु भाग्न सक्ने सम्भावित नाकाहरुमा चेकिङ बढाएको छ ।

मंगलबार बिहान मिल्लाजुङ गाउँपालिका–३ आरुबोटेमा ज्वाइँ ससुराको परिवारका ९ जनाको शव भेटिएको थियो । करिब दुई किलोमिटर वरपर घर रहेका ज्वाइँ धानराज शेर्माको घरमा ५ जना र ससुरा वमबहादुर फियाकको घरमा ४ जनाको विभत्स हत्या भएको हो ।

यसैबीच आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको स्थान नजिकै मानबहादुर माखिमको झुण्डिएको अवस्थामा शव फेला परेको छ ।

प्रतिक्रिया दिनुहोस्