नौजनाको हत्या भएको घरनजिक झुण्डिएको अवस्थामा मानबहादुर माखिमकाे शव फेला



काठमाडौं । पाँचथरको मिक्लाजुङ गाउँपालिका–७ आरुबोटेमा ९ जनाको विभत्स हत्या भएको स्थान नजिकै एक युवकको झुण्डिएको अवस्थामा शव फेला परेको छ । प्रहरीका अनुसार शव मानबहादुर माखिमको भएको पुष्टि भएको छ ।

प्रहरीले हत्यामा माखिमकै संलग्नता हुनसक्ने आशंका गरेको थियो ।  हत्याको पछाडि पारिवारीक कारण हुनसक्ने आशंका समेत गरिएको छ ।  रुखमा झुण्डिएको अवस्थामा फेला परेका मानबहादुर माखिम धनराजका आफन्त हुन् ।

यसैबीच घटनाको १५ दिन अगाडी घरेलु उधोगले संचालन गरेको सिपमुलक तालिममा भाग लिएका सोहि परिवारका सदस्यको खाजामा सिसाको टुक्रा भेटिएको थियो। सो तालिम मृतक शेर्मा परिवारकोछोरीको घरमा संचालन भएको थियो।

उनीहरुले खाएको थुक्पामा सिसाको टुक्रा भेटिएपछि उनीहरुलाई उपचारको लागि सदरमुकाम फिदिम लगिएको थियो।

प्रतिक्रिया दिनुहोस्