कान्समा पहिलोपटक नेपाली सुन्दरी, रेड कार्पेटमा प्रियंका



फिल्म क्षेत्रको महत्वपूर्ण फेस्टिभलका रूपमा लिइने कान्स फिल्म फेस्टिभलमा पहिलोपटक नेपाली सुन्दरीले पाइला टेकेकी छिन्। यस वर्षको कान्स फिल्म फेस्टिभल २०१९ मा नायिका प्रियंका कार्कीले पहिलो नेपाली नायिकाका रूपमा सहभागिता जनाएकी हुन्।

गत मे १४ देखि फ्रान्सको राजधानी पेरिसमा जारी यो फेस्टिभल मे २५ अर्थात् आगामी शनिबारसम्म चल्नेछ। फेस्टिभलमा सहभागी हुन जानुअघि उनले फेसबुक स्ट्याटसमार्फत यस कुराको जानकारी दिएकी थिइन्। ‘नेपालको प्रतिनिधित्व गर्दै कान्स फिल्म फेस्टिभलमा सहभागी हुन पाउनु मेरा लागि एकदमै गौरवको कुरा हो। मैले धेरै पहिलेदेखि यो सपना देख्दै आएकी थिए“। कान्समा हि“डेका सेलेब्रेटीहरू देख्दा म पनि एक दिन यहा“सम्म पुग्नेछु भन्ने लाग्थ्यो र यो दिन आएको छ। म निकै खुसी छु साथै नर्भस पनि छुु।’ –प्रियंकाले फेसबुकमा उल्लेख गरेकी छिन्।

प्रियंकाले आफ्नो इन्स्टाग्राममा सक्रियता देखेर कान्सकै प्रतिनिधिले आफूलाई भेटेको र निमन्त्रणा पठाएको बताएकी छिन्। ‘मलाई अप्रिल महिनामा नै कान्सको टिमबाट यो प्रस्ताव आएको थियो।’ –उनले लखेकी छिन्। आइतबार फ्रान्स उडेकी प्रियंका सोमबार कान्सको रेड कार्पेटमा सहभागी भइसकेकी छिन् र सम्भवतः यो समाचार पढ्दासम्म पाठकले उनलाई कान्सको रेडकार्पेटमा पोज दिइरहेको देख्नेछन्। यसपश्चात उनी २ फिल्मको स्क्रिनिङ, माइकल ज्याक्सनको परिवारले आयोजना गर्ने पिस नाइट नामक कार्यक्रम र रोयल गाला डिनरमा सहभागी हुनेछिन्।

प्रियंकाले मे २० देखि मे २४ सम्मको विभिन्न ४ कार्यक्रममा सहभागिता जनाउनेछिन्। प्रियंकाका अनुसार उनी कान्समा नेपालको संस्कृति झल्कने पहिरनका साथै आधुनिक पहिरनमा पनि प्रस्तुत हुनेछिन्। ‘म सहभागी हुने प्रत्येक कार्यक्रममा नेपाललाई विश्वमाझ चिनाउने प्रयास गर्नेछुु।’ –उनले भनेकी छिन्। महोत्सवमा हलिउडदेखि बलिउडका दीपिका पादुकोण, प्रियंका चोपडा, कंगना रनावत, ऐश्वर्या रायजस्ता चर्चित सेलिब्रेटीहरूले सहभागीता जनाइरहेका छन्।

प्रतिक्रिया दिनुहोस्