कचौराको मुल्य ५० हजार



न्युयोर्क (एजेन्सी)
न्ययोर्क मा अत्यन्तै दुर्लभ कचौरा ५० हजार डलरमा विक्री भएको छ । ३९ बर्ष अगाडी एक बेलायतीले २० पाउन्डमा चीनमा एक क्युरियो पसलबाट खरिद गरेका थिए । सेतो रंङको यो कचौरा ४ इन्च ब्यासको छ ।

उक्त कचौरा १७२३ देखि १७३५ को समयका राजा याेंङजेङ कार्यकालको भएको बताइएको छ । यसको माथि योङजेङ लेखिएकोछ । यसको निर्माण राजाकै लागि गरिएको केही विज्ञहरुले दावी गरेका छन् । यो कचौराको न्युनतम बोली नै ८ हजार पाउन्डबाट भएको थियो । तर तय मुल्य भन्दा ५ गुणा महँगोमा लिलाम भयो ।

लिलाममा यो कचौरा आकर्षक केन्द्र रहेको त्यहाँका पदाधिकारीहरुले बताए ।
स्वार्डर्स फाइन आर्ट अक्सनियर्सको ग्यालरीमा यसलाई हेर्नका लागि मानिसहरुको लामो लाइन बनेको थियो । यसमा प्रयोग गरिएको पदार्थ अन्यन्त राम्रो भएको र यो आज पनि राम्रो स्थितिमा रहेको बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्