पाँचथर हत्या अपडेट: मृतक सबैको पहिचान खुल्यो (मृतकको नामसहित)



पाँचथर । मिक्लाजुङ गाँउपालिका–३ आरुबोटेमा सोमबार राति हत्या गरिएका सबैको पहिचना खुलेको छ।

वडाध्यक्ष हस्तराज फियाकका अनुसार हत्या गरिएकामा ३६ वर्षीया जस्मिता फियाक, ४१ वर्षीय धनराज शेर्मा, २६ वर्षीया मनकुमारी फियाक, ६ वर्षीया इक्सा शेर्मा, १३ वर्षीया योवना शेर्मा, आठ वर्षीया मुना शेर्मा, ७४ वर्षीय बमबहादुर फियाक, पुर्सीमाया फियाक र १२ वर्षीया आशिका खजुम लिम्बूको रहेका छन् ।  घटनामा १२ वर्षीया सीता खजुम भने भागेर बाँच्न सफल भएकी छन् ।

उनी गम्भीर घाइते छिन् । उनको हातमा चोट लागेको छ ।  मध्यरात भएको घटना स्थानीयवासीले बिहान मात्रै थाहा पाएका थिए । घाइते सीताले स्थानीयवासीलाई दिएको जानकारीअनुसार मुखुण्डो लगाएर आएको समूहले धारिलो हतियार प्रहार गरी सबैको हत्या गरेको थियो ।

धनराज र उनका ससुरा बमबहादुर फियाकको परिवारका नौ जनाको धारिलो हतियार प्रहार गरी हत्या गरिएको हो । धनराजको परिवारका पाँच जनाको हत्यापछि शव घरभित्रै रहेको तथा बमबहादुरको परिवारका चार जनाको शव घरभित्र तथा बाहिर विभत्स अवस्था भेटिएको वडाध्यक्ष फियाकले बताए।

प्रतिक्रिया दिनुहोस्