हाइ अल्टिच्यडका कारण रेफ्रीको निधन



बोलिभिया, (एजेन्सी)
बोलिभिया लिगअन्तर्गत भएको एक खेल दौरान ढलेपछि रेफ्रीको निधन भएका छन् ।

हाइ अल्टीच्युड (उच्च भुभाग) मा खेलाइएको खेलका रेफ्री भिक्टोर ह्युगो हर्टाडो ४७औं मिनेटमा ढलेका थिए । अल्वेज रेडी र ओरिन्टे पेट्रोलेरोबीच भएको उक्त खेल समुद्र सतहदेखि ३९ सय मिटर माथि खेलाइएको थियो ।

म्युनिसीपाल रंगशालाको फुटेज अनुसार हर्टाडो मैदानमा पछाडिबाट ढलेका थिए । उनलाई खेलाडी र डक्टरले सहयोग गर्न आए । तर अस्पतालमा उनको निधन भएको अलवेज रेडीका टीम डाक्टर एरिक कोज्नीयरले जनाएका थिए । उनका अनुसार ३१ वर्षीय रेफ्रीलाई ह्दयघात भएको थियो ।

क्याप्सनः मोहम्मद आमीरलाई पाकिस्तानले आगामी इंग्ल्यान्डमा हुने विश्वकपका लागि आफ्नो टोलीमा समावेश गरिएको छ । यसअघि ५ वर्ष म्याच फिक्सिङको कारण उनले २०११ र २०१५ का विश्वकपमा खेल्न पाएका थिएनन् ।

प्रतिक्रिया दिनुहोस्