एम्बाप्पे प्लेयर अफ द इयर



लन्डन, (एजेन्सी)
पेरिस सेन्ट जर्मेन (पिएसजी) का युवा स्टार क्लियन एम्बाप्पे आइतबार राति प्लेयर अफ दि इयर घोषित भएका छन् ।

फ्रेन्च लिग वानमा यस सिजन उत्कृष्ट प्रदर्शन गरेका एम्बाप्पेले युनियन नेसनल डी फुटबलर्स प्रोफेसनल्स (युएनएफपी) ले प्रदान गर्ने प्लेयर अफ दि इयर अवार्ड जितेका हुन् । फ्रेन्च लिगमा सर्वाधिक गोलकर्ता बनेका एम्बाप्पेले यस सिजन ३० गोल गरेका छन् ।

यस्तै एम्बाप्पेले बर्ष युवा खेलाडीको अवार्ड समेत हात पारेका छन् । पीएसजीलाई लिग वानको उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह एम्बाप्पेले लगातार तेस्रो सिजन बर्ष युवा खेलाडीको अवार्ड हात पारेका हुन् ।

प्रतिक्रिया दिनुहोस्