एनआईसीको शाखारहित सेवा अर्घाखाँचीमा 



काठमाडौं, (नेस) एनआईसी एसिया बैंकले अर्घाखा“चीको पाणिनी–७ अड्गुरीमा शाखारहित बैंकिङ सेवाको शुरुवात गरेको छ ।

सोमबार एनआईसी एसिया बैंक प्रदेश नम्बर ५ का उपप्रमुख राजनप्रसाद पोख्रेल, अर्घाखा“ची शाखा प्रमुख कृष्ण पौडेललगायतको उपस्थितिमा सेवाको उद्घाटन गरिएको हो ।उद्घाटन कार्यक्रममा वक्ताहरुले बैंकले शुरु गरेको सेवाले सबैलाई सहज हुने बताए ।

एनआईसी एसिया बैंक प्रदेश नम्बर ५ का उपप्रमुख राजनप्रसाद पोख्रेलका अनुसार बंैकको यो शाखारहित २७औं बैंकिङ सेवा हो । बैंकका देशभरमा २८३ शाखा, ४१ वटा विस्तारित शाखा, २८९ वटा एटीएम सेवा र १६ लाखभन्दा बढी ग्राहक छन् ।

प्रतिक्रिया दिनुहोस्