सूचना महामार्ग निर्माणको थालनी



clK6sn kmfOj/ lznfGof; k|wfgdGqL s]kL zdf{ cf]nL /fli6«o uf}/asf] cfof]hgfsf] ?kdf /x]sf] dWokxf8L nf]sdfu{df -clK6sn kmfOj/ g]6js{_ sf] wflbªsf] uN5L ufpFkflnsf j8f g+ $ df;6f/df ;f]daf/ lznfGof; ub}{ . t:jL/ M ;Ltf/fd clwsf/L, /f;;, wflbª

दीपेन्द्र थापा, काठमाडौं
सूचना महामार्गमार्फत सातवटै प्रदेशलाई सूचना तथा सञ्चारले जोड्न अप्टिकल फाइबर बिच्छाउने अभियानको सोमबार थालनी भएको छ ।

सञ्जाल विस्तारको काम नेपाल दूरसञ्चार प्राधिकरणले थालेको छ । सूचनामार्गको संरचना विस्तार गर्दै सात वटै प्रदेशमा सूचनामार्ग बनाएर सिंगो देशलाई नै सूचना सञ्चारको पह“ुचमा पु¥याउने लक्ष्यका साथ नेपाल दूरसञ्चार प्राधिकरणबाट नेपाल टेलिकमले जिम्मा पाएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिच्छ्याउने अभियानको सोमबार शिलान्यास गर्नुभएको छ ।

धादिङको गल्छीमा सोमबार प्रधानमन्त्री ओलीले अप्टिकल फाइबर बिच्छ्याउने योजनाको शिलान्यास गर्नुभएको हो । प्रदेश १, २ र ३ अन्गर्तत मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर तथा उच्च क्षमतायुक्त उपकरण विस्तारका लागि टेलिकमले सोमबारबाट काम थालेको छ ।

नेपाल टेलिकमले मध्यपहाडी लोकमार्गबाट जिल्ला सदरमुकामलाई पनि सूचनाको राजमार्गमा जोड्नेछ । २०७२ मा ग्रामीण दूरसञ्चार विकास कोषमार्फत अप्टिकल फाइबरको सञ्जाललाई देशव्यापी विस्तार गरी ग्रामीण तथा दुर्गम क्षेत्रमा ब्रोड ब्यान्ड सेवा पु¥याउन पूर्वाधारको विकास गर्ने लक्ष्य सरकारले लिइएको थियो ।

अप्टिकल ब्याकबोन नेटवर्क परियोजना नामकरण दिइएको आयोजनाले सूचना संरचना तयार गरी सूचना तथा सञ्चार गर्नको लागि आधार तयार हुनेछ । जसबाट देशभरनै सूचनाको पह“ुच विस्तार गर्नको लागि सहज हुने अपेक्षा गरिएको छ । टेलिकमले पा“चथरको चिवा भञ्ज्याङ्देखि गोरखाको आरुघाटसम्म २ हजार १ सय ७९ किलोमिटर अप्टिकल फाइबर बिच्चाउने छ ।

सो परियोजना विस्तारको लागि नेपाल दूरसञ्चार प्राधिकरण र नेपाल टेलिकमबीच २०७३ को असोजमा सम्झौता भएको थियो । परियोजना २ वर्षमा सम्पन्न गर्न लक्ष्य राखिएको भए पनि केही ढिलो भएको थियो । यता विस्तारको कामको लागि टेलिकम र मध्यपहाडी लोकमार्गको ८ सय ४ किलोमिटर र राजमार्गबाट विभिन्न स्थानमा लिंक गर्न १ हजार पा“च सय ७२ किलोमिटरमा अप्टिकल फाइबर बिच्छ्याउने काम गर्ने टेलिकमको योजना छ ।

गत मार्च १२ देखि २२ मार्चसम्म विभिन्न चरणमा सम्पन्न सम्झौता अनुसार प्रदेश १ को ५ सय ९६ किलोमिटरको लागि कोरियाकोे एलएसके बेल्स र प्रदेश २ को १ हजार २८ किलामिटरको काम आरोग्य कन्स्ट्रक्सन नेपाल, चाइना रेलवे र चाइना फयुलका ज्वाइन्ट भेन्चरले सम्झौता टेलिकमस“ग गरेको थियो । प्रदेश ३ कोे ५ सय ५५ किलोमिटर फाइबर बिच्छ्याउने काम हबकबको सीसीएसआई (चाइना कम्युनिकेसन सर्भिस इन्टरनेसनल)ले पाएको थियो ।

टेलिकमले ९६ कोर क्षमताको अप्टिकल फाइबर बिच्छ्याउने छ, अप्टिकल ४८ कोर र नगरपालिका जोड्न २४ कोरका फाइबर प्रयोग हुनेछन् । जिल्ला सदरमुकाम जोड्ने सडकमा अप्टिकल फाइबर सन्जाल बिच्छाई प्रदेश १ देखि ३ का सबै जिल्ला सदरमुकाम, नगरपालिका तथा गाउ“पालिकालाई सूचना मार्गले जोड्ने छ । अप्टिकल फाइबर बिच्छ्याउन प्राधिकरणले ४ अर्ब ८८ करोडमा रुपिया“को बजेट टेलिकमबाट पाएको छ ।

उक्त सडक खण्डका उत्तर–दक्षिण क्षेत्रमा पर्ने प्रदेश नम्बर १, २ र ३ अन्तर्गतको ३२ जिल्लाका सदरमुकाम तथा नगर र गाउ“पालिकामा अप्टिकल नेटवर्क विस्तार गरिने छ । मुलुकभरका जिल्ला सदरमुकाम र यसमार्फत सम्पूर्ण गाउ“पालिका, विद्यालय र स्वास्थ्य चौकी आदिमा ब्रोडब्यान्ड नेटवर्क पु¥याउनु सरकारी नीति अनरुप अप्टिकल फाइबर बिच्छच्याउने कार्य द्रत गतिमा अघि बढाउन लागिएको हो । यसरी सूचनामार्गले जोडेस“गै देशको सूचना सञ्चारको विस्तारको लागि भौतिक संरचना आधार तय हुने छ भने उच्च गतिको इन्टरनेट (ब्रोडब्यान्ड) सेवा पु¥याउ“दै जान सहज हुनेछ ।

नेपाल टेलिकमका प्रबन्ध निर्देशक डिल्लीराम अधिकारीले फाइबर बिच्छाउने काम २ वर्षभित्र पूरा हुने बताउनु भएको छ । ब्रोडब्यान्ड नेटर्वक र एफटीटीएच सेवाको प्रयोगस“गै हाल प्रयोगमा रहेको कपर (तामा) तारबाट सञ्चालित स्थानीय टेलिफोन सेवालाई अप्टिकल फाइबरमा रुपान्तरण हुनेछ ।

एफटीटीएच सेवाअन्तर्गत एउटै अप्टिकल फाइबरमार्फत प्रयोगकर्तालाई टेलिफोन, उच्च गतिको इन्टरनेट तथा आईपी प्रविधिमा आधारित टेलिभिजन तथा भिडियो सेवा पनि उपलब्ध हुनेछ । हाल प्रयोगमा रहेको एडीएसएल सेवालाई एफटीटीएचमा रुपान्तरण गरिनछ र नया“ ग्राहकलाई पनि एफटीटीएच सेवा प्राप्त हुनेछ ।

प्रतिक्रिया दिनुहोस्