एनसेल र पुल्चोक क्याम्पसबीच छात्रवृत्ति कार्यक्रमलाई निरन्तरता दिने सहमति



नेपाल समाचारपत्र, काठमाडौं
एनसेल प्रालिले एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमलाई थप पा“च वर्षका लागि निरन्तरता दिन इन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक क्याम्पससं“ग सम्झौता गरेको छ ।

नया“ सहमतिअनुसार इन्जिनियरिङ तर्फका थप दुई संकाय पनि यस पहलमा समावेश हुनेछ । एनसेलको व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तर्गत रहेको यस कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन तथा सहयोग पु¥याउ“दै दक्ष युवा जनशक्तिको विकासका लागि योगदान पु¥याउने लक्ष्य लिएको छ ।

सहमतिअनुरुप एनसेलले पुल्चोक क्याम्पसमा २०७६ सालदेखि २०८० सालसम्म इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीलाई १ करोड ३० लाख रुपिया“को छात्रवृत्ति तथा पुरस्कार प्रदान गर्नेछ ।

एनसेलको तर्फबाट वित्तीय प्रमुख कनिश्क गयान विकरमा र पुल्चोक क्याम्पसको तर्फबाट इन्जिनियरिङ अध्ययन संस्थाका डिन प्रा. रामचन्द्र सापकोटाले सोमबार सम्झौता पत्रमा हस्ताक्षर गर्नुभएको छ ।

सहमतिअनुसार एनसेलले २०७६ देखि हरेक वर्ष पा“च वर्षसम्म इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ संकायमा अध्यनरत उत्कृष्ट विद्यार्थीलाई १८ छात्रवृत्ति र ६ उत्कृष्टता सम्मान पुरस्कार प्रदान गर्नेछ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि १ लाख रुपिया“ रहेको छ ।

‘निकैनै गतिशील यस इन्जिनियरिङ शिक्षा क्षेत्रमा इन्जिनियरिङका प्रतिभालाई थप उजागर गर्ने र योग्य विद्यार्थीलाई प्रोत्साहन गर्ने हाम्रो उद्देश्य रहेको हो । यसका लागि प्रतिष्ठित पुल्चोक क्याम्पससंग हाम्रो सहकार्य थप प्रगाढ बनाउन पाएकोमा हामी हर्षित छौं । हामी २१औ शताब्दीका प्राविधिकलाई सहयोग गर्न र उनीहरुसंग सहकार्य गर्न चाहन्छौं ।’ एनसेलका वित्तीय प्रमुख कनिश्क गयान विक्रमाले भने ।

पा“च वर्षको अवधिमा ६० जना विद्यार्थीले एनसेल छात्रवृत्ति पाएका छन् भने २० जना विद्यार्थी एनसेल उत्कृष्टता सम्मानबाट सम्मानित भएका छन् । यस अवधिमा एनसेलले इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् र कम्प्युटर इन्जिनियरिङ संकायमा अध्यनरत विद्यार्थीलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान वापत रु ८० लाख प्रदान गरेको थियो ।

‘यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमअन्तर्गत हामीले उत्कृष्ट र योग्य विद्यार्थीलाई उनीहरुलाई प्रतिभाको कदर गर्दै छात्रवृत्ति र सम्मान प्रदान ग¥यौं । थप पा“च वर्षका लागि यो कार्यक्रमलाई निरन्तरता दिनु भएकोमा हामी एनसेलप्रति आभार व्यक्त गर्दछौं ।,” डिन सापकोटाले भन्नुभयो।
एनसेल छात्रवृत्ति विभिन्न पा“च संकायमा स्नातक तहको प्रथम, द्वितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत विद्यार्थीले पाउने छन् भने पा“चवटै संकायका छात्रामध्येबाट उत्कृष्ट नतिजा ल्याएका मध्येबाट एक जना छात्राले यो छात्रवृत्ति पाउने छन् ।
यसैगरी उत्कृष्टता सम्मान अन्तर्गत इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स्, कम्प्युटर, सिभिल र मेकानिकल इन्जिनियरिङ संकायमा सर्वोत्कृष्ट नतिजा सहित स्नातक तहकोे पढाइ सकाएका प्रत्येक संकायका १÷१ जना र यी पा“चै संकायका छात्रामध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मानको पाउने छन् ।

एनसेलले सन् २०१० देखि नै शैक्षिक क्षेत्रलाई उच्च प्राथमिकता दि“ंदै विभिन्न व्यावसायीक सामाजिक उत्तरदायित्वका कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस अन्र्तगत राम्रो नतिजाका साथ एसएलसी उतीर्ण गरेका तर कमजोर आर्थिक अवस्थाका कारण उच्च शिक्षा हासिल गर्न कठिनाई भोगेका कर्णाली अञ्चलका सम्पूर्ण जिल्ला र अन्य जिल्लाका समेत गरेर १४ जना छात्रालाई कक्षा ११ देखि स्नातक तहसम्म अध्ययनका लागि पा“च वर्षको छात्रवृत्ति प्रदान गरेको थियो ।

त्यसैगरी, डिजिटल शिक्षामा योगदान पु¥याउन कम्पनीले १६ वटा विद्यालयमा डिजिटल पुस्तकालय निर्माण गरेको छ । साथै ४४ वटा सामुदायिक विद्यालयहरुमा कक्षाकोठा, शौचालय, खानेपानी सुविधा, शैक्षिक तथा खेलकुद सामग्री लगायताका लागि सहयोग प्रदान गरेको छ । एनसेलले हालसम्म शिक्षा क्षेत्रमा १० करोड भन्दा बढी लगानी गरेको छ ।

प्रतिक्रिया दिनुहोस्