हुवावे: भविष्य खै !



बेइजिंग, (एजेन्सी)
गुगलले विश्वकै सबैभन्दा दोश्रो ठूलो स्मार्टफोन निर्माण कम्पनी हुवावेको एन्ड्रोइड अपरेटिंग सिस्टमका केही अपडेट रोक्ने निर्णय गरेको छ । यस कदमबाट चिनियाँ कम्पनी हुवावेलाई ठूलो धक्का पुग्ने भएको छ ।

नयाँ डिजाइनका हुवावे स्मार्ट फोनहरुले अब केहि गूगल एप्स सम्म पहुँच नपुग्ने भएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको सरकारले हालै बिना अनुमतिका कुनै पनि कम्पनीसंग अमेरिकाले व्यापार व्यवशाय गर्न नसक्ने भन्दै हुवावे लगायतका अन्य कम्पनीहरुको नाम सुचि प्रकासित गरेको थियो । गूगलले भने आफुले निर्देशनअनुसार काम गरेको र यसको असरबारे पुनरावलोकन गरिरहेको जनाएको छ ।

हुवावेले पनि आफूले सेक्युरिटी अपडेट पठाउने काम जारी राख्ने तथा हालसम्म विश्वभरि बिक्री भइसकेका वा अझै स्टकमा रहेका स्मार्ट फोन र ट्यावलेट उत्पादनलाई सम्मान गर्दै बिक्रि सेवा पनि सुचारु राख्ने जनाएको छ ।

साथै चीन सरकारले बेइजिंगमा पत्रकार सम्मेलन गर्दै भनेको छ, ‘सम्पूर्ण प्रयोगकर्तालाई सर्वोत्कृष्ट अनुभव प्रदान गर्ने उद्देश्यले हामीले निरन्तर रुपमा सुरक्षित दिगो सफ्टवेयर इकोस्टिम निर्माण गर्नेछौं । हामीले सम्बन्धित हुवावे कम्पनीलाई कानुनअनुसार आफ्नो वैधानिक अधिकार प्रतिरक्षा गराउन आवश्यक सहयोग गर्नेछौं ।

हुवावे स्मार्ट फोनका अहिलेका प्रयोगकर्ताहरुले एप्सहरु अपडेट गर्न सेक्युरिटि समस्याहरु निराकरण गर्दै गूगल प्ले सर्भिसेज पनि अपडेट गर्न सक्नेछन् । तर यसै वर्षको उत्तरार्धमा गूगलले नयाँ संस्करणको एन्ड्रोइड प्रयोगमा ल्याएपछि भने त्यो हुवावे उपकरणमा हुने छैनन् । भावी हुवावे उपकरणमा यु ट्युव र म्याप्स जस्ता एप्स हुने छैनन् । तर हुवावेले अझै पनि खुल्ला लाइसेन्स श्रोतमार्फत प्राप्त हुने एन्ड्रोइड अपरेटिंग सिस्टमको संस्करण प्रयोग गर्न सक्ने छ । सिसिएस इन्साइट कन्सल्टेन्सीका बेन वुडले गूगलको यस कदमले हुवावेको उपभोक्ता व्यापारमा ठूलो असर पर्ने बताएका छन् ।

गत बुधवार ट्रम्प सरकारले हुवावे कम्पनीमाथि सरकारको अनुमोदन बिना कुनै पनि अमेरिकी कम्पनीको प्रविधि हासिल गर्न नपाउने गरी प्रतिवन्ध लगाएको हो । इन्टेल, क्वालकोम र ब्रोडकोम लगायत अमेरिकी चिप निर्मातालाई समेत आफ्ना कर्मचारीहरुलाई हुवावेलाई कुनै सेवा उपलब्ध नगराउन निर्देश्न दिइएको ब्लुम वर्गले जनाएको छ ।

हुवावेले अमेरिकी नेतृत्वमा रहेका पश्चिमी राष्ट्रहरुले आफ्नो उत्पादनको अर्को पिँढीको ५ जि मोवाइल नेटवर्कमा लगाइन सक्ने अन्य अँकुशको पनि सामना गर्नुपर्ने संभावना रहेको छ । यसअघि नै थुप्रै राष्ट्रहरुले चीनले जासुसीका लागि हुवावेका उपकरणहरु प्योग गर्न सक्ने चिन्ता व्यक्त गरेका थिए । तर यस कम्पनीले सो आरोप कडा शब्दमा अस्वीकार गरिसकेको छ ।

तैपनि केहि राष्ट्रले आफ्ना टेलिकम कम्पनीहरुलाई ५ जि मोवाइल नेटवर्कमा हुवावेका उत्पादनको प्रयोग रोकिसकेका छन् । तर अझैसम्म संयुक्त अधिराज्यले भने हुवावे माथि औपचारिक प्रतिवनध लगाएको छैन ।

प्रतिक्रिया दिनुहोस्