पुरानो राष्ट्रिय गान बजाउँदा पक्राउ परेका दुई युवा बिना शर्त रिहा



नेपाल समाचारपत्र, काठमाडौं ।
पुरानो राष्ट्रिय गान ‘श्रीमान गम्भीर नेपाली‘ बजाउँदा पक्राउ परेका दुई युवा रिहा भएका छन् । सरकारले सार्वजनिक कार्यक्रममा पुरानो राष्ट्रिय गान ‘श्रीमान् गम्भीर नेपाली’ बजाएको आरोपमा बुटवलबाट पक्राउ परेका शाही युवा शक्ति नेपालका पश्चिमाञ्चल क्षेत्रीय अध्यक्ष प्रितम केसी र रुपन्देहीका अध्यक्ष महेन्द्र विश्वकर्मालाई चौतर्फी दबावपछि सोमबार साँझ बिना शर्त छोडेको हो।

गत २८ वैशाखमा बुटवलको ट्राफिक चोकमा आयोजित भेलामा ‘श्रीमान गम्भीर नेपाली‘ बजाइएको र गणतन्त्र मुर्दाबाद भनेको कारण प्रहरीले उनीहरुलाई पक्राउ गरि मुद्दा चलाएको थियो ।

प्रतिक्रिया दिनुहोस्