खुर्कोटमा प्रधानमन्त्रीले गरे अप्टिकल फाइबरको शिलान्यास



clK6sn kmfOj/ lznfGof; k|wfgdGqL s]kL zdf{ cf]nL /fli6«o uf}/asf] cfof]hgfsf] ?kdf /x]sf] dWokxf8L nf]sdfu{df -clK6sn kmfOj/ g]6js{_ sf] wflbªsf] uN5L ufpFkflnsf j8f g+ $ df;6f/df ;f]daf/ lznfGof; ub}{ . t:jL/ M ;Ltf/fd clwsf/L, /f;;, wflbª

सिन्धुली ।
सिन्धुलीको खुर्कोटबाट मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको आज शिलान्यास भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले धादिङको गल्छीमा मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर नेटवर्कको शिलान्यास गरेपछि सिन्धुलीसहित तीनवटै स्थानबाट एकैसाथ शिलान्यास भएको हो ।

अप्टिकल फाइबर विस्तारले नेपाल टेलिकमको सेवा विस्तारसँगै टेलिफोन गर्न, इन्टरनेट चलाउन र आइटी टेलिभिजन हेर्ने सुविधा विस्तार हुने उहाँको भनाइ रहेको छ । मध्यपहाडी लोकमार्गमा अप्टिकल फाइबर बिछ्याउने गरी नेपाल टेलिकमले उक्त योजना शुरु गरेको हो । उहाँले अप्टिकल फाइबर विस्तारको बोलपत्र भई सकेकाले यो योजना दुई वर्षभित्र पूरा हुने जानकारी दिनुभयो ।

अप्टिकल फाइबर बिछ्याएपछि मध्यपहाडी लोकमार्ग, पूर्वपश्चिम राजमार्ग र सहायक मार्गमा उच्च गतिको इन्टरनेट सेवा पुग्ने उहाँको भनाइ रहेको छ । यस आर्थिक वर्षको अन्त्यसम्ममा सिन्धुलीको खुर्कोटमा अप्टिकल फाइबर नेटवर्क विस्तार गर्ने लक्ष्य रहेको उहाँले जानकारी दिनुभयो ।

अर्को आवमा सिन्धुली जिल्लाका धेरै भू–भागमा अप्टिकल फाइवर नेटवर्कको विस्तार गर्न सर्वेको काम भइरहको उहाँले बताउनुभयो । यसबाट सेवाग्राहीहरुले तोकेको भ्वाइस, इन्टरनेट तथा आइपी टिभी हेर्न सक्ने गरी सेवा विस्तार गर्ने उहाँको भनाइ रहेको छ ।
रासस

प्रतिक्रिया दिनुहोस्