अन्नपूर्ण सुगर मिलले दिएन तीन वर्षको उखुको पैसा



पुष्पा थापा, सर्लाही ।
किसानले उखु बिक्री गरेको तीन वर्ष बितिसक्दा पनि उखुको भुक्तानी पाउन सकेका छैनन्। पश्चिम धनकौलमा रहेको अन्नपूर्ण सुगर मिलले तीन वर्ष देखिको उखु खरिद गरे बापतको रकम भुक्तानी नदिएको उखु किसानले गुनासो गरेका छन् ।

चिनी उद्योगले उखुको बिक्री गरेको तीन वर्षसम्म पनि उखुको भुक्तानी नगर्दा घर खर्च टार्न समस्य परेको मानपुरका किसानको गुनासो छ। अन्नपूर्ण सुगर मिलले किसानको तीन वर्ष देखिको १२ करोड ५० लाख र यस क्रसिङ सिजनको ३७ करोड रुपैयाँ भुक्तानी गर्न बाँकी राखेको सर्लाहीका प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले जानकारी दिनुभयो।

जिल्ला प्रशासन कार्यालय मलंगवामा सोमबार भएको त्रिपक्षीय छलफलमा उधोगले गत आर्थिक वर्षको १२ करोड रुपैयाँ असार मसान्तसम्ममा किसानलाई भुक्तानी गर्ने र बाँकी ३७ करोड रुपैया असोज मसान्तसम्ममा भुक्तानी गर्ने सहमति भएको उहाले जानकारी दिनुभयो ।पश्चिम धनकौलमा रहेको अन्नपूर्ण सुगर मिल र बगदहमा रहेको महालक्ष्मी सुगर मिलले सरकारले निर्धारण गरेको मुल्य भन्दा यस वर्ष प्रति क्वीन्टल ३६ रुपैयाँ कम मुल्यमा किसानसँग उखु खरिद गरेका थिए।

अन्नपूर्ण सुगर मिलले यस क्रसिङ सिजनमा नौ लाख ५६ हजार क्वीन्टल उखु क्रसिङ गरेको छ।सरकारले यस आर्थिक वर्षका लागि उखुको मूल्य सरकारी अनुदान सहित प्रति क्वीन्टल ५३६ रुपैयाँ ५६ पैसा निर्धारण गरेको थियो।मुल्य निर्धारण समिति तथा विभिन्न किसान सम्बद्ध संगठसँग भएको सहमति अनुसार किसानले उखु बिक्री गरेको एक महिना भित्रमा उधोगले भुक्तानी दिनु पर्ने त्रिपक्षीय सहमति भएको किसान अगुवा कमल बुढाथोकीले बताउनुभयो ।

त्सयसैगरी बगदहमा हरेको महालक्ष्मी सुगर मिलले पनि किसानको करिव ५३ करोड ६६ लाख रुपैया भुक्तानी गर्न बाँकी राहेको छ ।उधोगले ११ लाख २६ हजार क्वीन्टल उखु क्रसिङ गरेको छ।त्यसैगरी जिल्लाकै ठुलो ईन्दुशकर चिनी कारखाना हरिवनले ३५ लाख १३ हजार क्वीन्टल उखु क्रसिङ गरेको उधोगका सहायक उखु प्रवन्ध दिवाकर पौडेलले जानकारी दिनुभयो । यस सिजनका लागि उधोगले उखु खरिद गरे बापत किसानलाइ १ अर्ब ६५ करोड ६० लाख भुक्तानी गर्नु पर्ने उहाले जानकारी दिनुभयो। इन्दुशंकर तिनी उधोगले माघमसान्त सम्मको भुक्तानी गरिसकेको छ।

त्यसैगरी महोत्तरीमा रहेको एभरेष्ट सुगर मिलले यस सिजनका लागि ३४ लाख १३ हजार क्वीन्टल उखु क्रसिङ गरेको उधोगका उखु प्रबन्धक युगलकिशोर चौरसीयाले जानकारी दिनुभयो।उधोगले करिव १ अर्ब ६२ करोड किसानको रकम भुक्तानी गर्नु पर्ने छ। उधोगले १५ दिनको १ माघ देखि १५ माघ सम्मको रकम भुक्तानी गरेको छ ।त्यसैगरी बारामा रहेको रिलाईन्स सुगर मिलले २८ लाख ३६ हजार क्वीन्टल उखु खरिद गरेको छ।रिलाईन्स सुगर मिलले पनि सहमति अनुसार किसानको रकम भुक्तानी गर्न सकेका छैनन् ।

अधिकाँस चिनी उधोगले चिनी बिकी नभएको कारण समयमा भुक्तानी गर्न नसकेको बताएका छन।यस क्रसिङ सिजनका लागि उखुको मुल्य प्रति क्वीन्टल ५३६ रुपैया ५६ पैसा कायम भएको थियो।उधोगले सहमति अनुसारको रकमभुक्तानी नदिएको कारण अनशनमा बस्नु परेको बलरा नगरपालिकाका प्रमुख अभयकुमार सिहले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्