५० प्रतिशत अनुदानमा मौरीको घार बितरण



राजेन्द्र गजुरेल, नुवाकोट ।
मौरीपालक कृषकहरुको प्रोत्साहन र मौरीपालन प्रति कृषकलाई आकर्षित गर्नका लागि नुवाकोट बिदुर नगरपालिकाको कृषि शाखा बाट ५० प्रतिशत अनुदानमा मौरिको घार बितरण गरिएको छ ।

नगर क्षेत्रमा मौरीपालनको सम्भावना रहेका वडा नं २ , १० र ११ का कृषक लाई लक्षित गर्दै ६ जना व्यवसायि कृषक र १ वटा सहकारी लाई जम्मा १०९ वटा मौरिको घार बितरण गरिएको छ । कृषकहरुको लागि मौरीसहित भएको ६४ वटा र खालि रहेको ४५ वटा घार बितरण गरिएको छ ।

नगरपालिकाको ३ वटा वडाका मौरीपालक कृषकलाई सोमबार वितरण गरिएको उक्त घारमा मौरीभएको घारलाई बजार मुल्य अनुसार दश हजार आठ सय पच्चिँस पर्नेमा ५० प्रतिशत अनुदानमा दिदाँ पाचँ हजार चार सय बाह« रुपैया पर्ने र मौरीनभएको घार लाई चार हजार नौ सय पच्चिस रुपैया पर्नेमा अनुदान सहित रु दुई हजार चार सय बैसठ्ठि मा वितरण गरिएको नगरपालिकाका कृषि प्राविधिक सुनिता तामाङ्गले जानकारी दिनुभएको छ ।

६ जना कृषकले ५४ वटा र ५५ वटा विदुर २ मा रहेको अंशुबाटिका कृषि सहकारी संस्था लिमिटेड लाई प्रदान गरिएको साथै मौरीटोपि ६१ थान, मौरीस्ट्याण्ड १०९ थान र मौरीपञ्जा ६१ थनन वितरण गरिएको छ ।

मौरिको घार वितरण कार्यक्रमा विदुर नगरपालिकाका उप प्रमुख गीता कुमारी दाहलले ‘आगामि दिनहरुमा नगरपालिकाले कृषकहरुको चाहना अनुसार थप मात्रामा मौरीपालनको लागि योग्य स्थानको खोजि गरी अरु यस्ता कार्यक्रम ल्याउन नगरपालिका प्रतिबद्ध रहेकोे बताउनुभएको छ ।’

प्रतिक्रिया दिनुहोस्