डोटीमा तरकारीको मुल्य महंगियो



विमल विष्ट, डोटी ।
जिल्लाका पछिल्लो समय एकाएक तरकारीको माग अनुसारको उत्पादन नभएपछि तरकारीको मूल्य आकाशिएको छ । यहाँका होटेल तथा स्थानियका भान्सामा दैनिक प्रयोग हुने खाद्यान्न तथा तरकारीको मूल्य आकाशिएको हो ।

तरकारीको मूल्य अत्याधिक बढेपछि सबैभन्दा बढी गरि खाने वर्ग समस्यामा परेको दिपायल पिपल्लाका स्थानिय किरण भण्डारीले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा तरकारी उत्पादन कमी छ, तराईबाट आयात गरिएको तरकारीको भाउ बढेपछि दैनिक मज्दुरी गरी खाने वर्ग मारमा परेकाछन् ।”

यहाँका तरकारी बजारमा सबैभन्दा बढि गोलभेडाको भाउ बढेर प्रतिकिलो रु २०० पुगेको स्थानिय उपभोक्तहरु बताउछन् । केही दिन पहिले प्रति किलो रु १०० मा पाउने गरेको गोलभेडा एकाएक दुईगुणाले बृद्धि भएको स्थानिय उपभोक्त सोनु कामीले बताउनुभयो । उहाँले भन्नुभयो, “पहिले १०० रुपिया किलोमा पाईने गोलभेडा अहिले २०० रुपिया पुगेकोछ,काउली,सिम लगायतका तरकारीमा भाउ बढेकोछ हामीलाई समस्या भयो ।”

पर्याप्त मात्रामा पानी नहुँदा यहाँका कृषकहरुले बेमौसमी तरकारी खेती निकै कम गर्दै आएकाकारण तराईबाट तरकारी लगायत अन्य चिज आयात गर्नु परेका कारण मुल्य बृद्धि भएको देउवा तरकारी पशल पिपल्लाका व्यापारी लोकबहादुर देउवाले बताउनुभयो । उहाँले भन्नुभयो, “जिल्लामा तरकारी पाउन छोड्यो,तराईबाट तरकारी आयात गर्नुपरेका कारण मुल्य बृद्धि भएको हो ।”

डोटीमा छिमेकी जिल्ला डडेल्धुरा,कैलाली,कञ्चनपुरबाट तरकारी आयात गरिदै आएको छ । त्यस्तै बजारमा अहिले आलु प्रतिकिलो रु १००,लौका प्रतिकिलो रु ८०,हरियो खुर्सानी प्रतिकिलो रु १५०, स्मिला प्रतिकिलो रु ९० रहेको तरकारी व्यापारीहरु बताउछन् ।

यतिमात्र नभई यहाँको बजारमा तरकारीको मुल्य एकरुपता नभएका कारण व्यापारीहरुले पशले पिच्छे तरकारीको मुल्य अलग अलग लिने गरेको उपभोक्ताहरुको गुनासो रहेको छ ।

यहाँका तरकारी पशलहरुमा पशलै पिच्छे अलग अलग मुल्य लिईदै गरेपनि मुल्यमा एक रुपता दिन सम्बन्धित निकाएले कुनै चासो नदेखाएको दिपायलका स्थानिय हर्कबहादुर बमले बताउनुभयो । उहाँले भन्नुभयो, “पशले पिच्छे अलग अलग मुल्य लिईन्छ तर मुल्यमा एकरुपता दिन कसैले चासो देखाएका छैनन् ।”

प्रतिक्रिया दिनुहोस्