४ कलाकर्मी सम्मानित



दोलखा, (नेस)। प्रेमपूर्ण प्रताप फाउन्डेसनले गीत संगीत तथा कला क्षेत्रमा सक्रिय ४ वरिष्ठ कलाकर्मीलाई सम्मान गरेको छ।

फाउन्डेसनको प्रथम वार्षिक साधारणसभाको अवसरमा अभिनेता मदनदास श्रेष्ठ, लोकगायक कुमार बस्नेत र हरिबहादुर राउत तथा रंगकर्मी तथा अभिनेता पुष्कर गुरुङलाई सम्मान गरेको हो।

कार्यक्रममा प्रमुख अतिथि प्रदेश–३ का सांसद विशाल खड्का र विशेष अतिथि जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डेले दोसल्ला तथा सम्मानपत्रले कलाकर्मीलाई सम्मान गरेका थिए।

फाउन्डेसनका अध्यक्ष शिवजी प्रधानको अध्यक्षतामा सम्पन्न कार्यक्रममा प्रदेश सांसद विशाल खड्का, जिल्ला समन्वय समिति दोलखाका प्रमुख डबल पाण्डे, नेपाली कांग्रेस दोलखाका सभापति रुद्रबहादुर खड्का, नेपाल कम्युनिस्ट पार्टी नेकपाका नगर अध्यक्ष कुमार लगुन, नेपाली कांग्रेस दोलखाका नेता ईश्वर मानन्धर, भीमेश्वर नगरपालिका–२ का वडाध्यक्ष विराज श्रेष्ठ, नेपाल पत्रकार महासंघका पूर्वकेन्द्रीय सदस्य चिरञ्जीवी मास्के, जिल्ला अध्यक्ष जीवन लामा, फाउन्डेसनका उपाध्यक्ष शान्ति श्रेष्ठ, सचिव लक्ष्मण थामी, कोषाध्यक्ष देवी गुरुङ, दोलखा म्यासमुचा खलकका उपाध्यक्ष रिना श्रेष्ठलगायतले मन्तव्य व्यक्त गरेका थिए।

फाउन्डेसनलाई दोलखा स्थाई घर भई अमेरिकामा बस्दै आएकी फाउन्डेसनको संरक्षक पदमा प्रधानले आर्थिक सहयोग गरेकी छिन्। फाउन्डेसनको तर्फबाट संरक्षक पदमा प्रधानले नेपाल पत्रकार महासंघ दोलखा शाखाको भवन निर्माणका लागि १० हजार नगदसमेत सहयोग गरेकी छिन्। शिक्षा क्षेत्रमा सहयोग गर्न ५ लाखको अक्षयकोष स्थापनाको घोषणा गरेकी छिन्। कार्यक्रममा जिल्ला उत्कृष्ट विद्यालय तथा विद्यार्थीलाई समेत सम्मान गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्