ट्रम्पविरुद्ध महाभियोग लगाउने आवाज



वासिंगटन ,(एजेन्सी))
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प विरुद्ध महाभियोग लगाइनु पर्दछ भनेर आवाज उठाउने जस्टिन अमास पहिलो रिपब्लिकन विधायक बनेका छन् । उनले ट्रम्पका केहि विशेष गतिविधि उनी विरुद्ध महाभियोग लगाउनका लागि काफी भएको दावी गरेका छन् ।

यसैगरी अमासले अमेरिकी चुनावमा रुसी हस्तक्षेपलाई लिएर विशेष कन्सुल रोवर्ट म्युलरले पत्ता लगाएका तथ्यहरुबारे महा न्यायाधिवक्ता विलियम बबारले जनतालाई भ्रममा पार्न खोजिरहेकको आरोप लगाएका छन् ।

म्युलरको प्रतिवेदनमा सन् २०१६ को ट्रम्पको चुनावी अभियान र रसियाबिच कुनै अपराधिक षडयन्त्र रहेको नदेखिएको उल्लेख गरिएको थियो । तर पनि सो प्रतिवेदनमा ट्रम्पले अनुसनधानलाई प्रभावित पार्न गरेका संभावित दस वटा उदाहरण पनि उल्लेख गरिएको छ ।

मिचिगनका विधायकक रहेका अमासले शनिवार टिवटर मार्फत यसबारे प्रतिक्रिया जनाएकका हुन् । मिचिगनकै डेमोक्रेटिक विधायक रासिदा लाइवले अमासलाई महाभियोग अनुसनधान प्रस्तावनाका लागि सहयोग गरिदिन अनुरोध गरेका छन् ।

एलिजावेथ वार्रेन लगायत थुप्रै डेमोक्रेट विधायकहरुले ट्रम्प विरुद्ध महाभियोग लगाउन आब्हान गरेका थिए । तर बहुमत प्राप्त पार्टीका नेता स्टेनी होयर र सभामुख नान्सी पेलोसीले भने सो प्रस्ताव विरुद्ध चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्