साउदी अरेबिया इरानसँग युद्धचाहँदैन: विदेशमन्त्री



दुबई (एजेन्सी)
साउदी अरेबियाका विदेश राज्य मन्त्रीले चीर प्रतिद्वन्द्वि इरानसँगको बढ्दो तनावका सम्बन्धमा उनको देश युद्ध नचाहेको तर आफनो रक्षा गर्ने बताएका छन् ।

गत हप्ता संयुक्त अरब इमिरेट्सको तटिय क्षेत्रमा तेलका चार ट्याँकर जहाजमाथि निसाना बनाएको घटनालाई लिएर साउदी अरेबियाका विदेश राज्य मन्त्री अदेल अल जुबेरले उक्त प्रतिक्रिया दिएको हो । त्यसैगरि इरान समर्थित यमनमा विद्रोही हुथीले साउदी अरेबियाको तेल पाइपलाइनमा ड्रोन हमला गरेको दावी गरेको थियो । साउदी अरेबियाले उक्त हमलाका लागि इरानलाई जिम्मेवार ठहर्याएको छ ।

खाडी अधिकारीहरुले ट्यांकरमा भएको आक्रमणको जाँच भइरहेको बताएका छन् । अल जुबेरले भने– हामी क्ष्ँोत्रमा शान्ति र स्थिरता चाहन्छौं तर हामी हात बाँधेर बस्न सक्दैनौं ।

यसबीच प्रमुख तेल उत्पादक देशका मन्त्रीहरुको मंगलबार देखि साउदी अरेबियारमा बैठक गर्ने कार्यक्रम छ ।

खाडी आकाशमा विमान जोखिममा

खाडी क्षेत्रमा विमानलाई खतरा
इरान र अमेरिकाबीच बढ्दो तनावलाई लिएर अमेरिकी कुटनितिज्ञहरुले पर्सियन खाडी माथिबाट उडान भर्ने ब्यवसायिक विमानहरुले जोखिमको सामना गर्नु पर्नेमा सचेत गराएका छन् ।

इरानले खाडी देशमा अमेरिकी जहाजहरुलाई सजिलै निसाना बनाउन सक्ने बताएपछि अमेरिकी अधिकारीको उक्त चेतावनी आएका हो । पहिला पनि इरानले तेल आपुर्तिका लागि अत्यन्त महत्वपुर्ण मानिएको हार्मुज जलडमरु समुद्री माग बन्द गर्न सक्ने चेतावनी दिएको हो ।


अमेरिकी राजनितिज्ञले विश्य ब्यापी हवाई ट्राफिक समक्ष आइरहेको विद्यमान तनावका कारण विभिन्न क्षेत्रमा देखिएका जोखिमका बारेमा पनि बताए । ‘लाइट अफ लन्डन ‘ले पनि क्षेत्रमा समुद्री पानी जहाजका लागि ठुलो खतरा रहेको चेतावनी जारी गरेको छ ।

यसबीच अधिकारीहरुले युएई नजिकै तटिय क्षेत्रमा तेल ट्याँकरहरुमाथि भएको आक्रमणका लागि पनि इरान जिम्मेवार रहेको आरोप लगाएका छन । यमनमा इरानसँग सम्बद्ध विद्रोहीरुले एक महत्वपुर्ण तेल पाइप लाइनमाथि ड्रोन हमला गरेको जिम्मेवारी लिएको बताए ।

कुवेत तथा संयुक्त अरब इमिरेट्समा तैनाथ अमेरिकी राजनितिज्ञले पर्सियन खाडी तथा ओमनको खाडीमाथिबाट उडान भर्ने सबै ब्यवसायिक उडानहरुले बढ्दो सैन्य गतिविधि तथा राजनितिक तनावका बारेमा अवगत हुन आवश्यक रहेको बताए ।

तनावको कारण
सन् २०१५ मा तात्कालिन ओबामा प्रशासनको समयमा इरानसँग ५ शक्ति राष्ट्र जोड एक जर्मनी र युरोपेली संघको आणििवक सम्झौतामा सहमति बनेको थियो । तर राष्ट्रपति डोनाल्ड ट्रम्पको नेतृत्वमा रहेको अमेरिकाको नयाँ सरकारले उक्त सम्झौताबाट आफु अलग भएको घोषण गरे । त्यसपछि इरानमाथि फेरी कडा प्रतिबन्ध लगाएको थियो ।

यसबीच ट्रम्प इरानसँग वार्ताको लागि तयार रहेको भएपनि इरान त्यसका लागि तयार नभएको बताइएकोछ । दुबै देशबीच बढ्दो तनावमा अमेरिकाले आफना विमानबाहक पोत तथा बमबर्षक विमान तैनाथ गरेको छ ।

प्रतिक्रिया दिनुहोस्