टोखामा गोली चल्यो, पेशेवर लुटेरा ‘काले’ पक्राउ



काठमाडौं।  महानगरिय अपराध महाशाखाले पेशेवर लुटेरालाई पक्राउ गर्ने क्रममा गोली चलाएको छ।

काठमाडौंको टोखामा  महाशाखाको टोलीसँग सिन्धुपाल्चोक घर भएका काले भन्ने बिष्णु तामाङबीच झडप हुँदा प्रहरी माथि नै आक्रमण गर्न खोजेपछि तामाङमाथि बिहान ५ बजे प्रहरीले गोली प्रहार गरी नियन्त्रणमा लिएको महाशाखा प्रमुख एसएसपी सहकुल थापाले वताए। खुट्टामा गोली लागेका तामाङको हाल वीर अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ।

७  बर्ष जेल बसेर छुटेका तामाङले पुर्व डिआईजी बिश्वराज शाहीदेखी आधा दर्जन व्यक्तिको घरमा लुटपाट गरेको अनुशन्धानका क्रममा खुलेपछी  महाशाखाले उनलाई खोजी गर्दै आएको थियो। घटनाको थप विवरण आउन बाँकी छ। स्रोतका अनुसार  प्रहरीले तामाङलाई पच्छ्याउँदै हिंडेको थियो।

प्रतिक्रिया दिनुहोस्