मेयरकपमा मानसिंह डोजो च्याम्पियन



काठमाडौं, (नेस)
नेपाल गोजुरियो कराते डो संघ, शाखा डोजो मेलम्चीको आयोजनामा मेलम्चीनगरपालीका मेयरकप खुला कराते प्रतियोगितामा मानसिंह डोजो च्याम्पियन भएको छ ।

प्रतियोगितामा ९ स्वर्ण, ४ रजत र ८ काश्य पदक सहित मानसिंह डोजो पहिलो भएको हो । सात स्वर्ण, ४ रजत र ३ काश्य पदक सहित मनकामना डोजो दोस्रो तथा ६ स्वर्ण, ७ रजत र ९ काश्य पदक सहित दक्षिण ढोका डोजो तेस्रो भए ।

महिलाको जुनियर कातामा जेकेएफ गोजुकाइकी सरिता परियारले स्वर्ण, बा¥ह्बिसेकी अनिसा थापा मगरले रजत तथा मनकामनाकी गरिमा गीरी र मानसिंहकी सबिना तामाङले काश्य पदक जिते । सिनियर कातामा मनकामनाकी गीता सुनुवारले स्वर्ण, मानसिंहकी आरती भण्डारीले रजत तथा दक्षिणढोकाकी रिचा लामा र अच्छीभिदु अर्यालले काश्य पदक जिते । पुरुषको जुनियर कातामा केँन्वोकाइका राज भोटुङ तामाङले स्वर्ण, सागर न्यौपानले रजत तथा दक्षिणढोकाका छिरिङ न्यौटी प्लानु र जोरपाटीका सन्दिप लामाले काश्य पदक जिते । सिनियर कातामा मनकामनाका विक बहादुर थामीले स्वर्ण, दक्षिणढोकाका दिपेस पुरीले रजत तथा मानसिंहका आकास मण्डल र दक्षिणढोकाका सुजन कुमार पुरीले काश्य पदक जिते ।

महिलाको जुनियर कातामा जेकेएफ गोजुकाइकी सरिता परियारले स्वर्ण, बा¥ह्बिसेकी अनिसा थापा मगरले रजत तथा मनकामनाकी गरिमा गीरी र मानसिंहकी सबिना तामाङले काश्य पदक जिते । सिनियर कातामा मनकामनाकी गीता सुनुवारले स्वर्ण, मानसिंहकी आरती भण्डारीले रजत तथा दक्षिणढोकाकी रिचा लामा र अच्छीभिदु अर्यालले काश्य पदक जिते । पुरुषको जुनियर कातामा केँन्वोकाइका राज भोटुङ तामाङले स्वर्ण,सागर न्यौपानले रजत तथा दक्षिणढोकाका छिरिङ न्यौटी प्लानु र जोरपाटीका सन्दिप लामाले काश्य पदक जिते । सिनियर कातामा मनकामनाका विक बहादुर थामीले स्वर्ण, दक्षिणढोकाका दिपेस पुरीले रजत तथा मानसिंहका आकास मण्डल र दक्षिणढोकाका सुजन कुमार पुरीले काश्य पदक जिते ।

दुइ दिने प्रतियोगितामा काता र कुमुते गरी ४० स्पर्धा समाबेश थिए । कुल २१ डोजोका ३ सय खेलाडीको सहभागिता रहेको आयोजक कमिटीका प्रमुख सानुबाबु गीरीले जानकारी गराए ।

प्रतिक्रिया दिनुहोस्