बाहिरी चक्रपथ अगाडि बढाउन निर्देशन



काठमाडौं, (नेस)
संघीय संसदअन्तर्गतको विकास तथा प्रविधि समितिले बाहिरी चक्रपथ आयोजनाको काम आगामी आर्थिक वर्षभित्रै अगाडि बढाउन निर्देशन दिएको छ ।
आइतबार बसेको समितिको बैठकले अर्थ मन्त्रालयलाई निर्देशन गर्दै आर्थिक स्रोतको सुनिश्चितता तथा बजेट विनियोजन गर्न र शहरी विकास मन्त्रालयलाई पूर्वाधार निर्माणको कामलाई तीव्रताका साथ अगाडि बढाई काम शुरू गर्न निर्देशन दिएको हो।

समितिले बाहिरी चक्रपथ आयोजनालाई ल्यान्ड पुलिङ आगामी आर्थिक वर्षदेखि अगाडि बढाउन शहरी विकास मन्त्राललाई निर्देशन दिएको छ। साथै ल्यान्डपुलिङमार्फत आयोजना अघि बढाउन अपुग हुने आर्थिक स्रोतको सुनिश्चिताका लागि अर्थ मन्त्रालयलाई निर्देशन समिति सभापति कल्याणी खड्काले दिनु भएको थियो ।

विकास तथा प्रविधि समितिमा बोल्दै शहरी विकास मन्त्री मोहम्मद इस्तियाक राईले आयोजनाको काममा ढिलाई हु“दै गएको र चुनौती थपि“दै गएका कारण तत्काल काम शुरु कठिनाई रहेकाले काम तत्काल अगाडि बढाउन नसक्ने बताउनु भयो ।

आयोजनाको पुरानो विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) अनुसार काम गर्न नसकिने मन्त्री राईले प्रष्ट पार्नु भयो ।

प्रतिक्रिया दिनुहोस्