एटीएममा नेपाली भाषा अनिवार्य गर्न राष्ट्र बैंकको निर्देशन



काठमाडौं, (नेस)
नेपाल राष्ट्र बंैकले एटीएममा अनिवार्य रुपमा नेपाली भाषा प्रयोग गर्न सबै बैंक तथा वित्तीय संस्थालाई निर्देशन दिएको छ। आइतबार एक सूचना जारी गर्दै राष्ट्र बैंकले ३० दिनभित्र नेपाली भाषासहितको एटीएम प्रयोगमा ल्याउन निर्देशन दिएको हो।

हाल बंैक तथा वित्तीय संस्थाबाट सञ्चालित केही एटीएममा नेपाली भाषाको प्रयोग गरी कारोबार गर्न सकिने सुविधा नरहेको सम्बन्धी जनगुनासो प्राप्त भएकाले यो सूचना प्रकाशित भएको मितिले ३० दिनभित्र त्यस्ता एटीएममा अनिवार्यरुपमा नेपाली भाषा प्रयोग गरी कारोबार गर्न सकिने व्यवस्था मिलाउन राष्ट्र बैंकले निर्देशन दिएको छ ।

प्रतिक्रिया दिनुहोस्