कमलादीमा खुल्यो सरोड थकाली भान्छा



काठमाडौं, (नेस)
थकाली समुदायको परम्परागत खानाको स्वाद दि“दै पोखरामा सञ्चालित क्रसरोड थकाली भान्छाले काठमाडौंमा पनि सेवा शुरू गरेको छ । क्रसरोड थकाली भान्छाले कमलादीस्थित आउटलेट आइतबारबाट शुरु भएको हो ।
साढे २ करोड रुपिया“ लगानी भएको भान्सामा एकपटकमा १ सय जनाले बसेर खाना आन सक्नेछन् । बिहान र सा“झाको खानाका साथै दिउ“सोको खाजाको समयमा गरी ३ सय ग्राहकलाई सेवा दिन सकिने सञ्चालक वीरेन्द्र शेरचनले बताउनुभयो ।

आफूहरुले फरक ढंगबाट व्यवसायको विस्तार गरेको शेरचनको भनाइ छ, अनिल हिराचन, अनिल तुलाचन, राजु ताम्राकार, सविना प्रधान र आक्रोश बज्राचार्य मिलेर भान्सा सञ्चालन गरेका हुन् ।

‘काठमाडौंमा हामीले धेरै ठाउ“मा थकाली भान्सा लेखेको पाइयो, तर थकाली परिकार पाइएन, नाममात्रैका थकाली भान्सा भइरहेको ठाउ“मा वास्तविक थकाली स्वादका लागि हामी राजधानी आएका हौं । शेरचनले भन्नुभयो ।

पोखराको न्यूरोडमा १० वर्षदेखि र लेकसाइडमा ८ वर्षयता सञ्चालित थकाली भान्छामा मुस्ताङबाट ल्याइएको दाल फापरको पिठो, च्याङग्राको सुकुटी, जिम्मुलगायतका खाना उपलब्ध हुनरहेकोे सञ्चालकको भनाइ छ ।

सञ्चालकका अनुसार घोकेन (फापरको पिठोबाट बनाइने ब्रेड) लगायत परम्परागत थकाली परिकारहरु उक्त भान्छा घरमा राखिएका छन् ।

प्रतिक्रिया दिनुहोस्