मेगा बैंकद्वारा बीमा रकम प्रदान



काठमाडौं, (नेस)
ताप्लेजुङमा हवाई दुर्घटनामा निधन भएका नेपाली सेनाका जमदार अर्जुनकुमार घिमिरेका परिवारलाई मेगा बैंक नेपालले बीमवापत पा“च लाख रुपिया“ प्रदान गरेको छ ।

मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले नेपाली सेनाका लेफ्टिनेन्ट कर्णेल प्रकाश थापाको उपस्थितिमा स्वर्गीय घिमिरेकी पत्नी शिलु विष्टलाई पा“च लाख रुपिया“को चेक हस्तारन्तरण गर्नुभएको हो । मेगा बैंकमा मेगा कर्मचारी बचत खाता खोलेका दिंवगत जमदार घिमिरेलाई मेगा बैंकले सोही खाताको बीमावापत पा“च लाख रुपिया“ हस्तारन्तरण गरेको हो ।

तत्कालीन पर्यटनमन्त्री रवीन्द्र अधिकारीका अंगरक्षक रहेका जमदार घिमिरेको गत फागुन २२ गते ताप्लेजुङको फुङलिङ – १०, तारेभीरमा हेलिकप्टर दुर्घटनामा निधन भएको थियो ।

न्यूनतम एक सय रुपिया“ मौज्दातमा खोल्न सकिने मेगा कर्मचारी बचत खातामा बैंकले हरेक खातावालाको ५ लाख रुपिया“को दुर्घटना बीमा गरिदिएको मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले बताउनुभयो ।

सीईओ खुञ्जेलीका अनुसार ग्राहक र उनीहरुका परिवारलाई भरपरी आउने यस्ता घटनामा सुरक्षा मिलोस् भनेर बैंकले अहिले मेगा कर्पोरेट बेनिफिट सेभिङ अकाउन्ट योजना ल्याएको उहा“ले जानकारी दिनुभयो । एक लाख रुपिया“को मेडिकल इन्स्योरेन्स र ७ लाख रुपिया“को दुर्घटना बीमा गरिएको उहा“ले जानकारी गराउनुभयो ।

प्रतिक्रिया दिनुहोस्