सरकारको कुल खर्च गत वर्षभन्दा कम



काठमाडौं, (नेस)
बैंकिङ कारोबारमा आधारित संघीय सरकारको कुल खर्च ५९६ अर्ब ६२ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा कुल सरकारी खर्च ६४३ अर्ब ६४ करोड रहेको थियो ।

समीक्षा अवधिमा बैंकिङ कारोबारमा आधारित राजस्व संकलन (प्रदेश तथा स्थानीय तहमा बा“डफा“ड हुने रकमसमेत) १९ दशमलव ५ प्रतिशतले वृद्धि भई ६०४ अर्ब ६० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा सरकारको कुल राजस्व २० दशमलव ८ प्रतिशतले वृद्धि भई ५०५ अर्ब ९० करोड रहेको थियो ।

सरकारको नगद मौज्दात २०७५ चैत मसान्तमा यस बैंकमा रहेका सरकारका विभिन्न खातामा १४४ अर्ब ९२ करोड (स्थानीय तहको खातामा रहेको ५१ अर्ब ४७ करोडसमेत) नगद मौज्दात रहेको छ

प्रतिक्रिया दिनुहोस्