गुल्मीकाे गाउँमै घुम्ती, झण्डै २ हजारलाई नागरिता वितरण



अनिल खत्री, गुल्मी ।
गुल्मीमा दुर्गन गाउँमा सञ्चालन गरिएको एकीकृत घुम्ती शिबिरबाट झण्डै २ हजारले नागरिता पाएका छन् । जिल्ला प्रशासन कार्यलय गुल्मीले जिल्लाका बिभिन्न दुर्गमा ठाउँहरुमा पुगि घुम्ती सञ्चालन गरिएको एकीकृत घुम्ती शिबिरबाट १ हजार ७ सय ७९ जनाले नागरिता लिएको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकिय अधिकृत लक्ष्मण पाण्डेयले बताउनु भयो ।

प्रशासनले ४ वटा स्थानिय तहको ६ वटा स्थानमा एकीकृत घुम्ती शिबिर राखेको थियो । शिबिरमा पुरुषले भन्दा महिलाहरुले नागरिता लिएका छन् । कुल संख्या मध्ये १ हजार १ सय १८ जना महिला र ६ सय ६१ जना पुरुषले नागरिता लिएको प्रशासकिय अधिकृत पाण्डेयले बताउनु भयो ।

प्रशासनले सदरमुकामबाट बिकट मानिने जिल्लाको कालिगण्डकी गाउँपालिका चन्द्रकोट गाउँपालिका, मदानेगाउँपालिका र मालिका गाउँपालिकामा एकीकृत घुम्ती शिबिर सञ्चालन गरेको हो । जिल्ला प्रशासनको नेतृत्वमा गत फागुन महिनाको २२ र २३ गते कालिगण्डकी गाउँपालिकामा शिबिर राखिएको थियो ।

शिबिरबाट ५सय ३५ नागरिता बितरण भएको थिए । चन्द्रकोट गाउँपालिकामा गत चैत ७ र ८ गते शिबिर राखिएको थियो । शिबिरबाट ३ सय ३३ जनाले नागरिता लिएका थिए । मदाने गाउँपालिकामा बैशाख १२ र १३ गते एकिकृत घुमती शिबिर राखिएको थियो । शिबिरमा ५ सय १० जनाले नागरिता लिएका थिए ।

मालिका गाउँपालिकमा बैशाख २४ , २५ र २६ गते शिबिर राखिएको थियो । शिबिरबाट ४ सय १ जनालाई नागरिकताहरु बितरण गरिएको हो । जिल्लाको सदरमुकामबाट टाढा र अति बिकट र ग्रामीण बस्तीहरुमा एकीकृत घुम्ती शिबिर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले बताउनु भयो ।

एकीकृत घुम्ती शिबिरबाट गाउँमै सेवा पाउदा सदरमुकाम आउन नसक्ने र तम्घास आएर नागरिता बनाउदा लाग्ने खर्च समेत बचत भएकाले स्थानिय खुसी व्यक्त गरेका थिए । सेवा ग्रहरी सेवा लिनबाट बञ्चीत नहुन भन्ने उदेश्यले कुना काप्चामा रहेका सबैलाई सेवा दिने उदेश्यले गाउँगाउँमा यसरी शिबिर सञ्चालन गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

गाँउमा सिमान्कृत र दलित ब्यातिहरु नागरिकता लिनबाट बञ्चित भएकाले उनीहरुलाई ठुलो राहत भएको प्रशासकिय अधिकृत पाण्डेले बताउनु भयो । गाउँबाट जिल्ला सदरमुकाम आँउदा नागरिकहरुलाई धेरै समस्या हुने र आउन जानमै धेरै रकम खर्च हुने लगायतका समस्याहरु हुने भएकाले स्थानीय स्तरमा नै गएर नागरिकता बितरण गरिएको प्रमुख जिल्ला अधिकारी पौडेलको भनाई छ ।

एकीकृत घुम्ती शिबिरमा फोटो सहितको मतदाता नामावली संकलन लगायत अरु बिभिन्न कार्यालयबाट प्राप्त सेवाहरु पनि राखिएको थियो । सबै सेवा गाउँमै गएर सेवा दिँदा स्थानीय नागरिकहरु खुसी मात्र नभई उनिहरुको समय, पैसा र झन्झट कम भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

एकीकृत घुम्ती शिबिरबाट नागरिता लिनेहरुमा १ सय १ वर्षिय बृद्धा देखि धेरै जसो युवापिडिहरुले लिएका थिए । बिभिन्न कार्यालयको सेवा सहित गाउँको अति बिकट ठाउँमा गरिएको शिबिरमा केहि कागजपत्र नमिले तुरुन्तै वडा कार्यालयमै पुगेर मिलाएर सेवा लिन पाएकोमा स्थानियले खुसी व्यक्त गरेका छन् ।

गाउँमा अति आबश्यक परेमात्रै नागरिता बनाउने गर्नाले पनि धेरैले शिबिरबाट नागरिता लिएको प्रशासकिय अधिकृत पाण्डेयले जानकारी दिनु भयो ।

स्थानियको ८८ लाख बचत
प्रशासनले सञ्चलन गरेको घुम्ती शिबिरबाट गाउँमै सेवा पाएनन उनिहरुको आर्थिक रकम पनि बचत भएको छ । दुर्गम गाउँबाट सदरमुकामसम्म गाडी चढेर आउनु पर्ने लगायतका खर्च नलाग्ने गरि गाउँमै सेवा पाएपछि खर्च पनि बचत भएको हो ।

जिल्लाका अति बिकट स्थानहरुमा राखिएको एकीकृत घुम्ती शिबिरबाट नागरिकको झण्डै ८८ लाख रकम बचत भएको छ । नागरिता मात्रै बनाउन २ जना देखि ३ जना सदरमुकाम आउने र जाने, कतिपय होटलहरुमा बस्नु पर्ने गर्दा लाग्ने रकमबाट ८८ लाख रकम बचत भएको आकल गरिएको प्रशासकिय अधिकृत पाण्डेयले बताउनु भयो ।

सेवाग्रहीको समयसँगै ठूलो परिमाणमा घुम्ती शिबिरले आर्थिक बचत पनि गराएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताए । गाउँठाउँमा सेवासँगै आर्थिक वचतले जिल्ला वासीको निम्ति महत्वपूर्ण काम भएको प्रमुख जिल्ला अधिकारी पौडेलले बताउनु भयो ।

 

प्रतिक्रिया दिनुहोस्