सवारी दुर्घटनामा चार जनाको मृत्यु




काठमाडौं ।
आइतबार दिउँसो बैतडी र गुल्मीमा भएका २ छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ४ जनाको मृत्यु भएको छ ।
बैतडी, दशरथ चन्द नगरपालिका ११ नानी गाडस्थित देहिमाण्डौमा ग १ ज ४९२१ नम्बरको जिप कच्ची सडकबाट करिब २ सय मिटर तल खसेर आइतबार बिहान दुर्घटना हुँदा जीपमा सवार सोही नगरपालिका १० बाराकोट बस्ने ४५ वर्षीय हिरा बल्लभ भट्ट समेत ३ जनाको घटनास्थलमै मृत्यु भएको छ ।

दुर्घटनामा घाइते भएका चालक ३१ वर्षीय नबिन भट्ट समेत ३ जनालाई उपचारको लागि जिल्ला अस्पताल बैतडी पठाइएको छ ।
गुल्मी, मुसिकोट नगरपालिका(५ झक्कलेस्थित वामी/रिडी भित्री सडकखण्डमा लु २ त ७६६५ नम्बरको ट्याक्टर आइतबार दिउँसो अन्यन्त्रित भई भित्तामा ठोकिन्न जाँदा ट्याक्टर चालक गुल्मीदरबार गाउँपालिका(१ कुलिचौर बस्ने २५ वर्षीय मिन बहादुर कुमालको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा घाइते भएका सहचालक सोही नगरपालिका(७ वामी बस्ने २२ वर्षीय नारायण रानाको स्थानिय मेडिकलमा उपचार भइरहेको छ ।

दुर्घटना स्थलमा तत्काल खटि गई स्थानीय प्रहरीले उद्दार कार्य गर्नुका साथै आवश्यक अनुसन्धान समेत गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्