चोरी गर्ने दुई जना पक्राउ



पर्वत ।
पैयु गाउँपालिका(६ स्थित चेत कुमारी आलेको घरमा कोही नभएको मौका पारी चोरी गर्ने कार्यमा संलग्न २ जनालाई ईलाका प्रहरी कार्यालय हुवास पर्वतवाट खटिएको प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा पैयु गाउँपालिका(६ बस्ने ३६ वर्षीय नारायण आले र २६ वर्षीय सोम राना रहेका छन ।
उक्त घरको दराज तोडफोड गरी चोरी गरेको रानीहार १ थान, बटारे बाला १ थान, छापे औठी १ थान, चन्द्रमा १ थान, झुम्का २ थान, विन्दिया १ थान, वेरुवा औठी १ थान र सिक्री १ थान अभियुक्त नारायण आलेको घरको शौचालयमा लुकाई राखेको अवस्थामा फेला परेको छ ।
यस सम्बन्धमा प्रहरीबाट आवश्यक अनुसन्धान भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्