धादिङ बस दुर्घटना अपडेटः मृत्यु हुनेको संख्या आठ पुग्यो



धादिङ ।
झापाको काकडभिट्टाबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुवहाक बस आज बिहान धादिङको गजुरी गाउँ पालिका वडा न.ं ६ बन्छेटारमा भएको दुर्घटनामा मृत्यु हनेको संख्या आठ पुगेको छ ।

मृत्यु हुनेमा चन्द्रागिरि नगरपालिका का ३५ वर्षीय सिता थपलिया, इलाम कन्याम का २० वर्षीय विशाल गिरी, काठमाण्डौ जिल्ला थानकोटका ५१ वर्षीय राजकुमार सुवेदी, धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा न.ं ३ का ४३ वर्षीय राज आचार्य रहेका छन् । आचार्यको काठमाण्डौ स्थित ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु भएका प्रकाश श्रेष्ठ र शेखर मगरको ठेगाना नखुलेको जिल्ला ट्राफिक प्रहरी कार्यालय गजुरीका प्रहरी निरिक्षक हेमराज घिमिरेले बताउनुभयो । यस बाहेक अन्य दुई जनाको सनाखत भएको छैन । दुर्घटनामा घाइते भएका २९ यात्रुको प्राथमिक स्वास्थ्य केन्द्र गजुरी, गजुरी अस्पताल, आदमघाट अस्पताल, गल्छी अस्पतालमा र काठमाण्डौको ट्रमा सेन्टर, मेडिसिटि अस्पतालमा उपचार भइरहेको छ । ट्रमा सेन्टरमा उपचार भइरहेका २१ मध्ये १३ जनाको अवस्था गम्भीर रहेको छ । यसैगरि काठमाण्डौको मेडिसिटि अपतालमा ४ जनाको उपचार भइरहेको छ ।

ना ७ ख ४३८७ नम्बरको बस उकालो बाटोमा सडक छेउको बारमा ठोक्किएर ६० मिटर तल त्रिशुली नदीमा खसेको थियो । घटनापछि नेपाल प्रहरी, ससस्त्र प्रहरी नेपाली सेना र गाउँबासीले उद्धार गरेका थिए ।

दर्घटनामा चालकको लापवाहीले भएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरिक्षक हेमराज घिमिरेले जानाकारी दिनुभएको छ ।

दुर्घघटनास्थल पुग्नुभन्दा केही बेर अगाडी यात्रुबसमा तेल हालिएपछि चालक परिवर्तन गरिएको झापाबाट आउनुभएका यात्रु फणिन्द्र कार्कीले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्